२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपा लिगको नकआउट चरणमा वुल्भ्स



अ+ अ-

युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब वुल्भ्स नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको खेलमा वुल्भ्सले पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागासँग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

ब्रागाको मैदानमा वुल्भ्सका लागि राउल जेमिनिज, म्याट दोहेर्टी र आडमा ट्राओरेले एक एक गोल गरेका थिए । घरेलु टोलीका लागि आन्द्रे होर्टा, पाउलिन्हो र फ्रान्सेरगियोले एक एक गोल गरेका हुन् ।

बराबरीसँगै वुल्भ्सले समूह ुकेु मा ५ खेलबाट १० अंक जोडी समूहको दोस्रो स्थानमा रहेको छ ।ब्रागा ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ब्रागा पनि नकआउट चरणमा पुगेको छ ।