युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब वुल्भ्स नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको खेलमा वुल्भ्सले पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागासँग ३–३ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
ब्रागाको मैदानमा वुल्भ्सका लागि राउल जेमिनिज, म्याट दोहेर्टी र आडमा ट्राओरेले एक एक गोल गरेका थिए । घरेलु टोलीका लागि आन्द्रे होर्टा, पाउलिन्हो र फ्रान्सेरगियोले एक एक गोल गरेका हुन् ।
बराबरीसँगै वुल्भ्सले समूह ुकेु मा ५ खेलबाट १० अंक जोडी समूहको दोस्रो स्थानमा रहेको छ ।ब्रागा ११ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ब्रागा पनि नकआउट चरणमा पुगेको छ ।