१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिनमै अफगान टिम धराशायी



अ+ अ-

लखनऊ । वेस्ट इन्डिज र अफगानिस्तानबीच लखनऊमा खेलिएको टेस्ट क्रिकेट तीन दिनभित्रै समाप्त भएको छ । वेस्ट इन्डिजका स्पिनर राखिम कोर्नवालको घातक बलिङका कारण अफगानिस्तानको टिम ९ विकेटले पराजित भएको हो ।

यी दुई टिमबीच तटस्थ खेल मैदानका रुपमा छानिएको भारतको लखनऊमा एक मात्र टेस्ट खेल हुँदैछ ।

वेस्ट इन्डिजका कोर्नवालले १० विकेट लिएपछि अफगानिस्तानको दोस्रो पालि १२० रनमै सीमित भएको थियो । जितका लागि केबल ३१ रनको चुनौती पाएको वेस्ट इन्डिजले तेस्रो दिन एक घण्टाभित्रै निर्धारित लक्ष ७।१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले तेस्रो दिनको पहिलो शत्रमा बाँकी तीन विकेट लिएका थिए । दोस्रो दिनको अन्त्यसम्ममा अफगानिस्तानले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाएको थियो ।

टस हारेर ब्याटिङको निम्ता पाएको अफगानिस्तानले पहिलो इनिङमा १८७ रन बनाएको थियो भने वेस्ट इन्डिजले २७७ रन बनाएको थियो ।

अफगानिस्तानले सन् २०१७ मा टेस्ट खेल्न मान्यता पाएको थियो, र यसै वर्षको शुरुमा दुई वटा टेस्ट खेल जितेको थियो ।

यसैवर्ष भारतविरुद्धको टेस्ट खेलमा अफगानिस्तान दुई दिनभित्रै पराजित भएको थियो, तर मार्च र सेप्टेम्बरमा क्रमशः आयरल्याण्ड र बंगलादेशलाई अफगानिस्तानले पराजित गरेको थियो ।