२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै वायर्नको हार



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले घरेलु मैदानमा हार व्यहोरेको छ ।शनिबार राति भएको खेलमा वायर्नलाई वायर लिभरकुसेनले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १० औं मिनेटमा लियोन बेलीले गोल गर्दै लिभरकुसेनलाई अग्रता दिलाएका थिए ।

तर थोमस मुलरले ३४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । तर, खेलको ३५ औं मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई २–१ को जित दिलाए । यस्तै खेलको ८१ औं मिनेटमा जोनाथनले रातो कार्ड पाउँदा लिभरकुसेन अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै वायर्न लिगको चौंथो स्थानमा झरेको छ । वायर्नले १३ खेलमा २४ अंक जोडेको छ भने लिभरकुसेन २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।