८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो

पनौतीमा नगर अस्पताल सञ्चालन

पनौतीमा नगर अस्पताल सञ्चालन
अ+ अ-

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो । अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएको भण्डारीले बताउनुभयो । उहाँले नगरले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।

अस्पताल सञ्चालनमा ल्याइएपछि पनौती नगर मात्र होइन आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउने भएका छन् । यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिने जनाइएको छ । अस्पतालमा फार्मेसी सेवासमेत सञ्चालनमा ल्याई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिने भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लगिनेछ । हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको रु ४० लाख बजेटले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ ।

तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रुपमा विकास गर्ने योजनाअनुसार थप निर्माण गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । रु छ करोडको लागतमा अस्पताल निर्माण भएको जनाइएको छ ।

अस्पताल सञ्चालनमा आएपछि पनौती नगरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । पनौती नगरमा उक्त अस्पतालसहित १५ स्वास्थ्य संस्था सञ्चालनमा छन् । रासस