१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

गैरकानूनी नीति खारेज र छानबिन माग गर्दै लेखा समितिमा लगानीकर्ता संघको निवेदन

गैरकानूनी नीति खारेज र छानबिन माग गर्दै लेखा समितिमा लगानीकर्ता संघको निवेदन
अ अ+ अ-

काठमाडाैँ । नेपालको पुँजी बजारमा हालै लागू गरिएका नीतिगत व्यवस्थाहरूलाई गैरकानूनी, षड्यन्त्रपूर्ण र स्वार्थ समूहको प्रभावमा ल्याइएको आरोप लगाउँदै नेपाल शेयरबजार लगानीकर्ता संघले संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा निवेदन दिएको छ ।

संघले उक्त व्यवस्था तत्काल खारेज गर्न, संलग्न अधिकारीहरूलाई निलम्वन गरी संसदीय छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष हरिबहादुर के.सीद्वारा हस्ताक्षरित निवेदनमा करिव ७६ लाख ५५ हजारभन्दा बढी सर्वसाधारण लगानीकर्ताको हकहित संरक्षणका लागि आवाज उठाइएको उल्लेख छ ।

निवेदनमा नेपालको पुँजी बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) हाल देशकै सबैभन्दा विवादित निकाय बनेको दाबी गर्दै लगानीकर्ताको हित संरक्षण गर्ने ऐनको उद्देश्य व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरिएको छ ।

निवेदनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २०८३ वैशाख ७ गतेदेखि लागू गर्ने निर्णयहरूलाई विवादित भन्दै खारेज गर्न माग गरिएको छ । ती निर्णयहरूअनुसार प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टि दायरा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पु¥याइएको, एक कम्पनीको सेयर मूल्य उतारचढाव सीमा दैनिक १० प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको तथा नेप्से सूचक ६ प्रतिशत घटबढ हुँदा कारोबार बन्द हुने व्यवस्था बढाएर ८ प्रतिशत कायम गरिएको छ ।

संघले ती निर्णयहरू प्रतिनिधि सभा नियमावली, २०७९, विधायन ऐन, २०८१, सुशासन ऐन, २०६४ लगायतका कानूनी प्रावधानहरूको उल्लंघन गर्दै पर्याप्त अध्ययन विना लागू गरिएको आरोप लगाएको छ । साथै संघले यस्तो व्यवस्था संघीय संसद र सरकारको अधिकार अतिक्रमण गर्दै स्वार्थ समूहलाई फाइदा पुग्ने गरी ल्याइएको दाबी गरेको छ ।

निवेदनमा सेबोन, नेप्से, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण तथा अन्य नियामक निकायहरूले व्यवस्थापिका र कार्यपालिकाको अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै ती निकायहरूले कानुनअनुसार मात्र काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

संघकाअनुसार नयाँ व्यवस्थाले एकल कम्पनीको शेयर मूल्यमा एकै दिन ३० प्रतिशतसम्म र समग्र सूचकमा १६ प्रतिशतसम्म उतारचढाव हुने जोखिम बढाउनेछ, जसले सर्वसाधारण लगानीकर्ताको पूँजीमा गम्भीर असर पार्नसक्छ । यसले धितोपत्र दलाल (ब्रोकर) हरूलाई मात्र फाइदा पुग्ने आशंका समेत व्यक्त गरिएको छ ।

त्यस्तै, विदेशमा रहेका लगानीकर्ताले २४ सै घण्टा खरिद–विक्री आदेश दिनसक्ने सुविधा सकारात्मक भएपनि आवश्यक कानूनी प्रक्रिया पूरा नगरी लागू गरिए कानूनी रूपमा शुन्य हुने संघको जिकिर छ । संघले करिव ५० खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण भएको पूँजी बजारमा नीतिगत अस्थिरता निम्त्याएर जनताको लगानी जोखिममा पारिएको भन्दै सार्वजनिक लेखा समितिले तत्काल हस्तक्षेप गरी प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।

साथै, पूँजी बजारको विकास, विस्तार, सुधार र आधुनिकीकरणका लागि संघसँग रहेको दुई दशकभन्दा बढीको अनुभव सरकारलाई निःशुल्क उपलब्ध गराउन आफूहरू प्रतिवद्ध रहेको पनि निवेदनमा उल्लेख गरिएको छ ।