१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

गृहमन्त्री गुरुङको स्पष्टीकरण: आरोप होइन, प्रमाणका आधारमा मूल्याङ्कन गर्नु

गृहमन्त्री गुरुङको स्पष्टीकरण: आरोप होइन, प्रमाणका आधारमा मूल्याङ्कन गर्नु
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर उठाइएका विभिन्न आरोप तथा चर्चाप्रति  स्पष्टीकरण दिएका छन्।

उनले विषयलाई जटिल रूपमा प्रस्तुत गरिएको भन्दै वास्तविक तथ्य बुझ्न आवश्यक रहेको बताएका छन्।

उनका अनुसार २५ लाखको सेयर लुकाइएको भन्ने आरोप तथ्यमा आधारित छैन। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरहरूबापत दुई करोड रुपैयाँभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिसकेको दाबी गरे।

उक्त विवरण सबैले मन्त्रिपरिषद्को सम्बन्धित वेबसाइटमार्फत हेर्न सक्ने उनको भनाइ छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको भन्दै उनले यसलाई लुकाउने होइन, वर्गीकरणको विषय भएको स्पष्ट पारे।

मन्त्री बन्नुअघि सेयर खरिद गरिएको भन्ने आरोपबारे प्रतिक्रिया दिँदै उनले सेयरमा लगानी गर्नु कानुनी रूपमा अपराध नभएको बताए।

सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसा कहाँ, कहिले र कसरी गएको भन्ने सम्पूर्ण विवरण बैंक रेकर्डमा स्पष्ट रहने दाबी गरे।

लगानी स्रोतबारे उनले ऋण (कर्जा) मार्फत रकम जुटाइएको जानकारी दिँदै २०८०/०५/२९ को लिखित तमसुकमार्फत उक्त प्रक्रिया प्रमाणित भएको बताए। बैंकिङ च्यानलमार्फत आएको रकम नै लगानीमा प्रयोग गरिएको भन्दै उनले स्रोतबारे कुनै अस्पष्टता नरहेको दाबी गरे।

विवादित व्यक्तिसँग साझेदारी गरिएको भन्ने आरोपलाई उनले अस्वीकार गर्दै एउटै कम्पनीमा सयौँदेखि हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर खरिदलाई साझेदारी वा आपराधिक सम्बन्धको रूपमा व्याख्या गर्नु गलत हुने बताए। त्यस्ता कम्पनीमा बैंकदेखि मिडिया हाउससम्मको लगानी रहने भएकाले चयन गरेर आरोप लगाउनु न्यायोचित नहुने उनको भनाइ छ।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट सम्बन्धी आरोपबारे बोल्दै उनले यो विषय गृह मन्त्रालयको नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागले हेर्ने प्रक्रिया रहेको बताए। उक्त निकायले प्रक्रिया अनुसार अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले आफूले कुनै हस्तक्षेप नगरेको स्पष्ट पारे।

पृष्ठभूमि नजाँची लगानी गरिएको भन्ने आलोचनाबारे उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने भन्दै पछि भएका घटनालाई आधार बनाएर पहिलेको निर्णयलाई दोष दिन नमिल्ने धारणा राखे।

समयमै प्रतिक्रिया नदिएको विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्दै उनले संवेदनशील कानुनी विषयमा हतारमा बोल्नु उपयुक्त नहुने बताए। सत्य प्रमाणका आधारमा मात्र स्थापित हुने भएकाले हल्लाभन्दा तथ्यमा विश्वास गर्नुपर्ने उनको भनाइ थियो।

उनले आरोप र सत्य एउटै नभएको उल्लेख गर्दै निर्णय भावनामा होइन, प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिए। पार्टीले गर्ने जुनसुकै निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले सबैलाई जिम्मेवार बनाएको भन्दै उनले हल्लामा होइन, प्रमाणमा उभिनुपर्ने निष्कर्ष निकाले।