१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

बुढीगण्डकीलाई ‘रूपान्तरणकारी मेगा परियोजना’ बनाउने अवसर: बाबुराम भट्टराई

बुढीगण्डकीलाई ‘रूपान्तरणकारी मेगा परियोजना’ बनाउने अवसर: बाबुराम भट्टराई
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले लामो समयदेखि अन्योल र आशंकामा परेको बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई पुनः अघि बढाउने सरकारी पहललाई सकारात्मक संकेतका रूपमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले उक्त आयोजनालाई केवल १२०० मेगावाट विद्युत उत्पादन गर्ने योजनाका रूपमा नभई देशको बहुआयामिक आर्थिक रूपान्तरणको केन्द्रका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

उनका अनुसार बुढीगण्डकी परियोजना भौगोलिक रूपमा देशको मध्यभागमा अवस्थित भएकाले काठमाडौँ, पोखरा र भरतपुर जस्ता प्रमुख सहरहरूलाई जोड्ने रणनीतिक महत्व राख्छ। यस्ता परियोजनाले अल्पविकसित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रतर्फ उकास्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले इतिहासमा टेनेसी भ्याली अथोरिटी, भाख्रा बाँध, थ्री गोर्जेस ड्याम र ग्राण्ड इथियोपियन रेनाइसाँस ड्याम जस्ता उदाहरण प्रस्तुत गरेका छन्।

भट्टराईले आफ्नो कार्यकालमा बुढीगण्डकीसहित १७ वटा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर अघि बढाएको स्मरण गर्दै अधिकारसम्पन्न छुट्टै ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ गठन गर्ने अवधारणा अघि सारेको उल्लेख गरेका छन्। संसद नभएको अवस्थामा गठन आदेशमार्फत ‘बुढीगण्डकी विकास समिति’ बनाएर काम अघि बढाइएको पनि उनले बताएका छन्।

उनले प्रस्तावित बाँधबाट बन्ने विशाल जलाशय, वरपरका क्षेत्रहरूमा नयाँ सहर विकास, तल्लो तटीय क्षेत्रमा थप जलविद्युत आयोजना, हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा पर्यावरण संरक्षणजस्ता बहुआयामिक लाभले देशको आर्थिक–सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

यद्यपि बीचका सरकारहरूका कारण आयोजनामा ढिलाइ र क्षति भएको संकेत गर्दै उनले वर्तमान सरकारलाई ती कमजोरी सच्याएर अघि बढ्ने अवसर रहेको बताएका छन्। उनले बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत कम्पनीमार्फत नभई छुट्टै ऐनद्वारा स्थापित अधिकारसम्पन्न ‘बुढीगण्डकी जलाधार विकास प्राधिकरण’ मार्फत बहुउद्देश्यीय परियोजनाका रूपमा निर्माण तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

अन्यथा यो आयोजना पुनः विफल हुने जोखिम रहेको चेतावनी दिँदै उनले सरकारले दूरदृष्टिसहित निर्णय लिनुपर्ने बताएका छन्।