३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेवी मन्दिर परिसरका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरू गरेको छ ।
ठमेलको मुख्य केन्द्रमा रहेको प्रसिद्ध त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचनाहरू काठमाडौं महानगरपालिकाले भत्काएको हो । सोमवार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पु¥याइरहेका संरचनाहरू हटाएको हो ।

त्रिदेवी मन्दिर काठमाडौंको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो । यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ । सम्पदा प्रेमीहरूले भने महानगरको यो कदमको स्वागत गरेका छन् । उनीहरूका अनुसार पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी छन् ।
न्युज एजेन्सी नेपाल