१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जाको ज्याग्दी खोलाबाट अवैध ढुङ्गा उत्खनन् गर्दै गरेको ट्याक्टर नियन्त्रणमा



अ+ अ-

काठमाडौ । अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार भइरहेको सूचनाका आधारमा स्याङ्जाको चापाकोट क्षेत्रमा प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका–२ स्थित ज्याग्दी खोलाबाट मापदण्ड विपरीत ढुङ्गा उत्खनन् तथा ढुवानी गर्दै गरेको अवस्थामा लु.प्र.०१–००१ त ०५७८ नम्बरको ट्याक्टर फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि चापाकोट नगरपालिका कार्यालयमा पठाएको जनाएको छ। स्थानीय तहको समन्वयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।