२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाको भोटेककोशी बाढीः १ हजार ३ सय ४२ को शव फेला गृहमन्त्री गुरुङद्वारा ‘जेन–जी शहीद स्मारक पार्क तथा शालिक र स्तम्भ’को शिलान्यास सर्वोच्चको निर्णय पर्खिनु पर्छः नेता लेखक रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न तयारी र सतर्कता अपनाउन निर्देशन बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु भोटेकोशी बाढीः यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता गाजाबाट प्यालेष्टिनीलाई निष्कासन गर्ने योजनाका कारण शान्ति प्रस्ताव प्रभावित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको सबामा भीषण आगलागीः १ हजार घर जलेर नष्ट, ९ हजार भन्दा बढी बासिन्दा प्रभावित



Rescuers try to douse a major fire that engulfed Korail Slum in Dhaka, Bangladesh, Tuesday, Nov. 25, 2025. (AP Photo/Rajib Dhar)
अ+ अ-

काठमाडाैँ । मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा आईतवार बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन् । यस घटनाबाट ९ हजार भन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

सान्दाकन जिल्लाका अग्नि नियन्त्रण प्रमुख जिमी लागुङले ‘बर्नामा’ समाचार एजेन्सीसँग कुरा गर्दै आगो ४ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको बताए । उनले भाटाको समय भएकाले अग्नि नियन्त्रणका लागि पर्याप्त खुल्ला जलस्रोत जुटाउन कठिनाइ भएको जानकारी दिए ।

सान्दाकन नगरपालिकाका अध्यक्ष वाल्टर केन्सनकाअनुसार निरीक्षणका क्रममा प्रभावित क्षेत्र बसोबासका लागि असुरक्षित पाइएपछि नगरपालिकाले यस घटनालाई विपद् घोषणा गरेको छ ।

अग्नि नियन्त्रण प्रमुख जिमी लागुङकाअनुसार आगलागी स्थानीय समयअनुसार मध्यरात १ः३२ बजे शुरु भएको थियो भने दिउँसो १२ बजे मात्र नियन्त्रणमा आएको थियो । यस घटनामा कुनैपनि मानवीय क्षतिको खबर आएको छैन । स्थानीय प्रशासनले प्रभावित बासिन्दाहरूका लागि अस्थायी आश्रयस्थलको व्यवस्था मिलाउन शुरु गरेको छ ।