१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

संयुक्त राष्ट्रसङ्घ : चार दाबेदारमा सीमित महासचिव दौड

संयुक्त राष्ट्रसङ्घ : चार दाबेदारमा सीमित महासचिव दौड
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ ।

सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका छन् । विश्लेषकहरूका अनुसार यो सङ्कुचन केवल संयोग होइन, बरु विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण, कूटनीतिक जोखिम र कमजोर बन्दै गएको बहुपक्षीय प्रणालीको प्रत्यक्ष सङ्केत हो ।

हालका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ । उनको उत्तराधिकारी चयनका लागि सुरु भएको प्रक्रियाअन्तर्गत चार उम्मेदवारले संयुक्त राष्ट्र महासभामा सदस्य राष्ट्रहरूसामु आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् । प्रस्तुतिको क्रमअनुसार चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेटले पहिलो ‘अडिसन’ दिनेछन्।

त्यसपछि अर्जेन्टिनाका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल मारियानो ग्रोसी, कोस्टा रिकाकी अर्थशास्त्री तथा युएनसीट्याड प्रमुख रेबेका ग्रिन्स्पान र अन्त्यमा सेनेगलका पूर्वराष्ट्रपति म्याकी सलले आफ्ना धारणा राख्नेछन्  ।

यसपटक उम्मेदवार सङ्ख्या घट्नुका पछाडि सबैभन्दा प्रमुख कारण विश्व राजनीति गहिरो ध्रुवीकरणतर्फ जानु हो । एक दशकअघि अन्तर्राष्ट्रिय सहकार्य अपेक्षाकृत सहज थियो, जसले धेरै उम्मेदवारलाई प्रतिस्पर्धामा उत्रिन प्रोत्साहित गरेको थियो ।

तर अहिले अमेरिका, चीन र रुसजस्ता शक्तिशाली राष्ट्रहरूबीच बढ्दो अविश्वासका कारण यस्तो प्रतिस्पर्धामा भाग लिनु नै कूटनीतिक रूपमा जोखिमपूर्ण बनेको छ । विश्लेषकहरूका अनुसार अब उम्मेदवार बन्नु केवल प्रतिष्ठाको विषय मात्र होइन, गलत सन्देश गए शक्तिशाली देशहरूसँगको सम्बन्ध बिग्रन सक्ने संवेदनशील निर्णय हो ।

संयुक्त राष्ट्रसङ्घको प्रभावकारिता घट्दै गएको धारणा पनि उम्मेदवार सङ्ख्या घट्नुको अर्को कारण हो । जलवायु परिवर्तन, दिगो विकास र आर्थिक सहकार्यका क्षेत्रमा एक दशकअघि सक्रिय भूमिका खेलेको संस्था अहिले युक्रेन, गाजा र इरानजस्ता द्वन्द्वमा प्रभावकारी हस्तक्षेप गर्न असमर्थ देखिएको छ ।

यसको मुख्य कारण सुरक्षा परिषद्का स्थायी सदस्यबीचको असहमति र भिटो शक्तिको प्रयोग हो, जसले निर्णय प्रक्रियालाई बारम्बार अवरुद्ध बनाउँदै आएको छ । महासचिव चयनमा औपचारिक निर्णय महासभाले गर्ने भए पनि वास्तविक शक्ति भने सुरक्षा परिषद्का पाँच स्थायी सदस्य—अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स—सँग रहन्छ । उनीहरूमध्ये कुनै एकले पनि असहमति जनाए उम्मेदवार असफल हुन सक्छन् ।

यही कारण उम्मेदवारहरूका लागि सन्तुलित कूटनीति अत्यन्त आवश्यक हुन्छ । उम्मेदवारहरूको मनोनयन प्रक्रिया पनि यसपटक जटिल देखिएको छ । ब्याचेलेटलाई सुरुमा चिली, ब्राजिल र मेक्सिकोले समर्थन गरेका थिए । तर चिलीमा सरकार परिवर्तन भएपछि समर्थन फिर्ता लिइयो, र अहिले उहाँ ब्राजिल र मेक्सिकोको मनोनयनमा मात्र प्रतिस्पर्धामा हुनुहुन्छ ।

ग्रोसी र ग्रिन्स्पानलाई उहाँहरूको आफ्नै देशले प्रस्ताव गरेका छन् । म्याकी सललाई भने बुरुन्डीले प्रस्ताव गरे पनि उहाँको आफ्नै देश सेनेगलले औपचारिक समर्थन दिएको छैन । यसैबीच अर्जेन्टिनाकी कूटनीतिज्ञ भर्जिनिया गम्बाको उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा झन् खुम्चिएको हो ।

लैङ्गिक प्रतिनिधित्वको प्रश्न पनि यसपटकको बहसको केन्द्रमा छ । यस प्रतिस्पर्धामा दुई जना महिला उम्मेदवार सहभागी भए पनि, महासचिव पदमा महिलालाई चयन गर्नुपर्ने माग अझै बलियो रूपमा उठिरहेको छ । सन् २०१६ मा पनि यस्तो माग व्यापक रूपमा उठेको थियो, तर अन्ततः पुरुष उम्मेदवार चयन भएका थिए ।

यसपटक भने केही शक्तिशाली देशहरूले महिला नेतृत्वप्रति सकारात्मक सङ्केत दिएका छन्, यद्यपि अन्तिम परिणाम अझै अनिश्चित छ । यसपटकको सीमित प्रतिस्पर्धा केवल उम्मेदवार सङ्ख्या घट्नुको घटना मात्र नभएर यसले विश्वव्यवस्थामा देखिएको अस्थिरता, शक्ति सङ्घर्ष र कमजोर हुँदै गएको बहुपक्षीय संरचनालाई प्रतिबिम्बित गर्छ ।

आगामी महासचिव को बन्छ भन्ने प्रश्नसँगै संयुक्त राष्ट्रसङ्घको भविष्य कस्तो दिशातर्फ जान्छ भन्ने ठूलो प्रश्न पनि यही प्रक्रियासँग जोडिएको छ ।