१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातातीर्थ औँसीः १९ जना ज्येष्ठ आमा सम्मानित



अ+ अ-

बैतडी। बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो ।

विद्यालय सेवा क्षेत्रभित्र रहेर सेवा दिनुभएका ६८ वर्ष उमेरमाथिका १९ जना ज्येष्ठ आमालाई दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलावती भाट, पार्वती महरा, जानकी भाट, रामा भाट, रोहिना मडै, कल्सा महरा, जैमती महरा, रोहिना महरा, दूरा महरा, कृष्णा चन्द, मानमती महरा, मानमती महरा, हरिना लुहार, काली लुहार, परु महरा, अन्फा महरा, कलावती भाट, जस्मा महरा र जानकी भाट सम्मानित हुनुभएको छ ।

हरेक नागरिकले आमालाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीको भावनात्मक विकास होस् भन्ने उद्देश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । रासस