७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन

घरमै पुगेर राहदानी वितरण गर्दै तनहुँ प्रशासन
अ+ अ-

तनहुँ। जिल्लामा पहिलोपटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ ।

सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलोपटक राहदानी सेवा घरमै वितरण गरिएको हो ।

तनहुँको व्यास नगरपालिका–५ बरबोटे निवासी समीक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आज घरमै पुगेर राहदानी उपलब्ध गराउनुभएको छ । सरकारले जारी गर्ने प्रमाणपत्रहरू घरमै पुगेर उपलब्ध गराउने निर्णय बमोजिम जिल्लामा राहदानीबाट सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले हुलाक कार्यालयमार्फत सेवा घरदैलो पु¥याउने बताउँदै थप्नुभयो, “सेवा प्रदान गर्ने कार्यालयले प्रमाणपत्र हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरमा पु¥याउने व्यवस्था मिलाइएको छ ।” उहाँका अनुसार सेवा लिन आउने बेलामा सेवाग्राहीलाई यो सेवा कार्यालयमा आएर लिने वा घरमै लिने भनेर फारम भराइन्छ । त्यसकै आधारमा सेवा दिइने उहाँको भनाइ छ ।

जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको १०० बुँदे कार्यसूचीको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा तनहुँमा पहिलोपटक राहदानी घरमै पु¥याउने सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो दिन आज सो वडाका चार जनालाई राहदानी घरमै लगेर प्रदान गरिएको बताउनुभयो ।

सो सेवा कार्यान्वयनका लागि जिल्लाभरका हल्काराहरुको क्षेत्र निर्धारण गरिएको छ । उहाँले भन्नुभयो, “जसरी चिठीपत्र वितरण गरिन्छ त्यसरी सरकारी कार्यालयबाट जारी हुने कागजपत्र घरमै पु¥याउन हामी तयार छौँ ।” उहाँका अनुसार राहदानीका लागि फारम भर्ने बेलामा सेवाग्राहीलाई अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । परिचय खुल्ने विस्तृत विवरण, घर पहिचानको आधार, मोबाइल नम्बर सबै विवरण पहिल्यै लिने गरिएकाले घरमै पुगेर सेवा दिन सहज हुने उपाध्यायको भनाइ छ ।

घरमै राहदानी बुझेपछि समीक्षा ओझाले सरकारको निर्णयले सर्वसाधारणलाई सहज हुने प्रतिक्रिया दिनुभयो । उहाँले सार्वजनिक सेवा प्रविधिमैत्री र सेवाग्राही लक्षित बन्दै जानुपर्नेमा जोड दिनुभयो । रासस