१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै



अ+ अ-

कास्की। देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस सङ्घले आज पत्रकार सम्मेलनमार्फत दिएको हो ।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीहरूको सहभागिता रहने सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताउनुभयो । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्याउने चालिसेले बताउनुभयो ।

“विद्यालय तहदेखि नै टेनिस खेल विकास गरी योग्य सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुनेछ”, चालिसेले भन्नुभयो ।

प्रतियोगिताको तयारी पूरा भएसँगै स्थानीय खेलाडीहरूले यो प्रतियोगितालाई अवसरका रूपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरूको अन्य प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताइन्छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीको जुनियर वरियतामा सुधार ल्याउनसमेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गर्नुभएको छ । उहाँले आफ्ना नातिनातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्षदेखि प्रायोजन गर्दै आएको सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो । रासस