७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड

रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलनः पर्यटन प्रवर्द्धनमा जोड
अ+ अ-

खोटाङ।  लोपोन्मुख वन्यजन्तुको संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले आजदेखि जैविक विविधता तथा रेडपाण्डा-थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३’ सुरु भएको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा पहिलोपटक दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो ।

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित अन्तरराष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीले सहभागिता जनाएका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू-संरक्षण विभाग काठमाडौँ, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौँं, त्रिभूवन विश्व विद्यालयको सहकार्यमा तीनदिने अन्तरराष्ट्रिय सम्मेलन दिक्तेलमा आयोजना गरेको हो ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ‘प्रथम जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलन’ आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।

“विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता सङ्कटमा पर्दै गएका छन् । यो अवस्थामा दिक्तेलमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “सम्मेलनमा विभिन्न देशका विषय विज्ञलाई सहभागी गराइएको छ । जिल्लामा पहिलोपटक आयोजना गरिएको सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।”

आजदेखि सुरु भएको सम्मेलन वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले १० वटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा दिलीप सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । सम्मेलनको अवसरमार दिक्तेल बजारमा र्‍याली प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।

सम्मेलनस्थलमा प्रदर्शनीका लागि राखिएका लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी-६ नेर्पाका कलाकार शम्भू राईले बाँसको भाँटा तथा चोया प्रयोग गरेर निर्माण गर्नुभएको रेडपाण्डा र थारको कलात्मक चित्रमा तस्बिर खिचाउनेको घुइँचो लागेको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको अन्तरराष्ट्रिय सम्मेलनले होटल व्यवसायसमेत फस्टाएको व्यवसायीहरुले बताएका छन् । दिक्तेल बजारमा जैविक विविधता तथा रेडपाण्डा-थार अन्तरराष्ट्रिय सम्मेलनसँगै वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनीसमेत भइरहेकाले जिल्लाको चहलपहल बाक्लिएको छ ।

रेडपाण्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी-१० पाथेका र केपिलासगढी गाउँपालिका-१ फेदीमा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो ।

सङ्घीय सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल-रेडपाण्डा-थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ । किरात समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ-जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा-थार रुट’ नामाकरण गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्र वडा रहेको) यो नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँस सम्बन्धी उद्योगको प्रवर्द्धनको कामसमेत गर्दै आएको छ । स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन गरेको नगरपालिकाले प्रथम जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन-२०८३ आयोजना गरेको हो ।

राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ ।

नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले पुरस्कृत गरेको छ । बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यवसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रुपमा रुपान्तरणसँगै बाँस सम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नाष्टले जनाएको छ । रासस