१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’



अ+ अ-

काठमाडौँ। वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ ।

गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

सम्मानित विनोदीले प्राध्यापनसँगै कविता लेखन, खण्डकाव्य, महाकाव्य, बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । उहाँलाई त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सम्मान गर्नुभयो ।

पूर्वउपकुलपति माथेमाले गोरखाको भाषा, साहित्य, धर्म, संस्कृतिको प्रवर्द्धनमा गोरखा सर्जक समाजले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । नेपाली साहित्यलाई अगाडि बढाउन गोरखाका सर्जकले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष स्व तुलसीप्रसाद न्यौपानेलाई  मरणोपरान्त सम्मान गरिएको छ । उहाँलाई ताम्रपत्रद्वारा सम्मान गरिएको हो । विसं २०७५ मा स्थापना भएको गोरखा सर्जक समाजले वार्षिक रूपमा ‘गोरखा’ गौरव वार्षिक मुखपत्र प्रकाशन गर्दै आएको समाजका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । गोरखा गौरवभित्र साहित्य, अनुसन्धान र विचारहरू समेटिएका छन् ।

कार्यक्रममा समाजका अध्यक्ष अधिकारीद्वारा लिखित हाइकु सङ्ग्रह ‘झिल्का’ र समाजका महासचिव बुद्धिराज पाण्डेद्वारा लिखित ‘नियात्रा सङ्ग्रह’ विमोचन गरिएको थियो । विसं २०८१ को स्रष्टा सम्मान साहित्यकार मुना अर्याल धिताल र  दयाराम अर्याललाई प्रदान गरिएको थियो । रासस




भर्खरै