१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खलपात्रको लुक्समा अर्पण थापाले मारे ‘चपली हाइट ३’ मा ईन्ट्री



अ+ अ-

काठमाडौं । यतीबेला चलचित्र ‘चपली हाइट ३’ को धमाधम छायांकन भइरहेको छ । चलचित्र ‘चपली हाइट को सक्विेन्समा बनेको यो तेस्रो सिक्वेन्स थ्रिलर कथामा बनाईएको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेको यो चलचित्रमा अभिनेता अर्पण थापाको इन्ट्री गराईएको छ ।

निर्माता अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रको तेस्रो सिक्वेन्समा अभिनेता अर्पण थापाको इन्ट्री गराईने भएको हो । चलचित्रमा अभिनेता अर्पणको लुक्स सार्वजनिक गरेसंगै उनको लुक्सलाई हेर्दा उनलाई दर्शकहरुले खलपात्रको भूमिकामा देखिन लागेको अनुमान गर्न सकिन्छ ।

२८ चैतबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा अभिनेता अर्पणको प्रवेशसँगै टिम झनै बलियो बनेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्रले समाजका समसामयिक घटनालाई उधिनेको छ ।