७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग

नयाँ सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक, ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (पूर्णपाठ)

नयाँ सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक, ५ वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य (पूर्णपाठ)
अ+ अ-

काठमाडौं । २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले प्रमुख ६ राजनीतिक दलका घोषणापत्र तथा साझा एजेन्डालाई समेट्दै उक्त दस्तावेज तयार पारेको जनाएको छ।

सरकारले आगामी पाँच वर्षभित्र औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको छ। साथै कुल गार्हस्थ्य उत्पादनलाई १०० अर्ब डलर नजिक पुर्‍याउने लक्ष्य राखिएको छ। डिजिटल अर्थतन्त्रलाई उच्च उत्पादकत्व र रोजगारीको मुख्य आधारका रूपमा विकास गरिने र औद्योगिक प्रक्रिया कागजविहीन तथा सहज बनाइने उल्लेख गरिएको छ। यस अवधिमा १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना पनि अघि सारिएको छ।

सुशासनतर्फ सरकारले २०४६ सालपछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने नीति लिएको छ। संघीय मन्त्रालयको संख्या घटाएर १७ कायम गरिने र न्यायपालिका तथा निजामती सेवामा पूर्ण रूपमा योग्यता प्रणाली लागू गरिने जनाइएको छ। सरकारी सेवामा दलीय ट्रेड युनियन खारेज गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।

कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतसँगको व्यापार सम्झौता पुनरावलोकन गरिनेछ भने किसान पेन्सन र किसान क्रेडिट कार्ड कार्यक्रम लागू गरिने बताइएको छ। ऊर्जा क्षेत्रमा आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ र नेपाललाई स्वच्छ ऊर्जा निर्यात केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। यातायात पूर्वाधारअन्तर्गत महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको हाइवेमा स्तरोन्नति गर्ने लक्ष्य छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित विद्यालय शिक्षा क्रमशः अनिवार्य र निःशुल्क बनाइनेछ। प्रत्येक प्रदेशमा अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गरिने उल्लेख छ। स्वास्थ्य सेवामा ‘एक नागरिक, एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिने र स्वास्थ्य बजेटलाई २०८८ सम्म ८ प्रतिशत पुर्‍याइने योजना छ।

पर्यटन प्रवर्द्धनका लागि सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’का रूपमा मनाइने र आध्यात्मिक तथा स्वास्थ्य पर्यटनलाई प्राथमिकता दिइनेछ। कूटनीतिक क्षेत्रमा ‘नेपाल प्रथम: नेपाली प्रथम’ को अवधारणा अनुसार सन्तुलित र गतिशील विदेश नीति अपनाइने सरकारको भनाइ छ।

सहकारी क्षेत्रमा सुधार गर्दै सहकारी र लघुवित्त संस्थालाई राष्ट्र बैंकको प्रत्यक्ष निगरानीमा ल्याइनेछ। संकटग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने जनाइएको छ। साथै दलित, मधेशी, थारू र मुस्लिम समुदायको अधिकार संरक्षण गर्दै राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

सरकारले उक्त राष्ट्रिय प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ देखि वार्षिक नीति, कार्यक्रम र बजेटमार्फत कार्यान्वयनमा लैजाने जनाएको छ।

बुंदा-३, राष्ट्रिय प्रतिवद्धता