१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

‘नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस्’

‘नयाँ वर्ष उन्नति र प्रगतिका लागि विशेष वर्ष बनोस्’
अ अ+ अ-

काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गर्नुभएको छ ।

नयाँवर्ष २०८३ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उहाँले आमनेपालीको उन्नति र प्रगतिका लागि नयाँ वर्ष विशेष वर्षका रूपमा स्थापित हुन सकोस् भनी कामना गर्नुभएको छ ।

नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटकपटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धतामा रह्यो, व्यवहारमा सार्थक भएन ।”

जेनजी आन्दोलनले दिएको मुख्य दिशानिर्देश भ्रष्टाचार निवारण र सुशासन भएको बताउँदै उहाँले आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावनाअनुरूप अघि बढ्नु नेपाली मात्रको कर्तव्य र दायित्व भएको स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले भन्नुभयो, “सरकारको कार्यशैली सकारात्मक दिशातिर उन्मुख छ । सुशासन भनेको विधिको शासन हो । नववर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याओस् । यस वर्ष राष्ट्र निर्माण र समस्त नेपालीको उन्नति एवं प्रगति होओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” रासस