२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप क्रिकेटः मधेसलाई पराजित गर्दै एपिएफ विजयी



अ+ अ-

पर्सा। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबले मधेस प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा एपिएफले मधेस प्रदेशलाई ७४ रनले हराएको हो । एपिएफले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९० रन जोडेको थियो । एपिएफका आसिफ शेखले १४२ बलमा उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतकसहितको २०८ रन जोडेका थिए ।

शेखले आजको खेलमा १७ छक्का र १५ वटा चौका प्रहार गरेका थिए । त्यस्तै एपिएफका सन्दिप जोराले ४२ बलमा ५६ रन र रोहित पौडेलले ७३ बलमा ५५ रन जोडेका थिए । मधेस प्रदेशका रूपेश सिंहले तीन विकेट र रञ्जित कुमारले एक विकेट लिए । जवाफी व्याटिङमा उत्रिएको मधेस प्रदेश ५० ओभरमा आठ विकेट गुमाउँदै ३१६ रनमा सीमित भएको थियो ।

मधेस प्रदेशका मोहम्मद आदिल आलमले ४३ बलमा ८७ रन जोडेका थिए । त्यस्तै मधेस प्रदेशका अरनिको यादवले ७३ बल खेल्दै ८६ रन जोडेका थिए । एपिएफ क्लबका अभिषेक गौतमले तीन विकेट र कमल ऐरीले दुई विकेट लिएका थिए । आजको खेलमा विस्फोटक ब्याटिङ गरेका आसिफ शेखले प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख नगद र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख ४ गते हुँदैछ । रासस