१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

सरकार आफ्नो सुविधा बढाउने र सांसदहरुको सुविधा कटौति गर्ने काममा लाग्योः नेकपा सांसद साह

सरकार आफ्नो सुविधा बढाउने र सांसदहरुको सुविधा कटौति गर्ने काममा लाग्योः नेकपा सांसद साह
अ अ+ अ-

काठमाडौँ। प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी साह गरिमाले संसदप्रति अनुदार भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योयोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले सो आरोप लगाउनुभएको हो । सांसद साहले सरकारले आफ्नो सुविधा बढाउने तर सांसदहरुको सुविधा कटौति गरेको जिकिर समेत गर्नुभयो ।

संसदलाई प्रभावकारी बनाउनुपर्नेमा वर्तमान सरकारले त्यसलाई कमजोर बनाउने कामलाई निरन्तर अघि बढाइरहेको सांसद साहको भनाई थियो । उहाँले संसदलाई प्रभावकारी बनाउन लागि तत्काल विज्ञहरुको समूह रहेको संरचना आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाहिर सांसदहरुले लुटेका छन्, खाएका छन् । धेरै कमाई गरिसके, घर बनाईसके भन्ने जुन गलत खालको म्यासेज छ । यो म्यासेज पनि हामीले तोडनुपर्छ जस्तो लाग्छ ।

हामीले यो समितिमार्फत पटक पटक के भनेका थिएन भने साँच्चै संसदलाई प्रभावकारी बनाउने हो भने हामीलाई विज्ञहरुको एउटा रोष्टर हुनुपर्छ । चाहिएको बेलामा उपलब्ध हुनेगरी संसद भित्र विज्ञहरुको संरचना हुनुपर्छ ।

त्यसका लागि जनशक्ति थप गर्नुपर्छ भनेर माग गरिरहेका बेलामा सरकारबाट भएको सुविधाहरु पनि कटौति गर्ने जुन काम भयो । आफना सुविधाहरु बढाउने तर सांसदहरुको सुविधा भईरहेको छ सरकारबाट । संसदप्रति सरकार जहिले पनि अनुदार रहेको स्थिति छ ।

यसबारेमा पनि हामीले खवरदारी गर्नुपर्ने आवश्यक्ता छ ।’ सांसद साहले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल