१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टेजबाटै आफ्नो अवार्ड शारुख खानलाई डेडिकेट गर्दिए…



अ+ अ-

वलिउड एक्टर शारुख खानको दुनियाभरमा फ्यानहरु रहेका छन् । उनका फ्यानहरुले उनलाई डेडिकेट गर्दै गरेका धेरै अनौठा-अनौठा कार्यहरु पनि बेला बखतमा सामाजिक संजालम आईनै रहने गर्छन् । तर यस पटक भने शारुख खानलाई लिएर उनका एक फ्यानले निकै भिन्न किसिमको कार्य गरेका छन् । ईण्डोनेसियाका एक फ्यानले आफुले पाएको अवार्ड उनले सिधै शारुख खानलाई नै स्टेजबाटै डेडिकेट गरिदिएका छन् ।

घटना आईतबारको हो, जहाँ सिट्रा अवार्ड २०१९ मा अभिनेता मुहम्मद खानलाई लिड एक्टरको रुपमा सर्वश्रेष्ठ अभिनेतामा राख्दै सर्वश्रेष्ठ अभिनयका लागि पियाला सिट्रा पुरस्कारबाट सम्मानित गरियो । तर उनले त्सस अवार्डलाई सिधै वलिउड एक्टर शारुख खानलाई डेडिकेट गरिदिए । यती मात्रै हैन उनले हिन्दी भाषामै पनि शारुख खानका विषयमा धरै बोले र धन्यवाद ज्ञ्यापन पनि गरे ।

उनले यसबिचमा आफु सानैदेखि शारुख खानको फ्यान भएको र आफ्नो बाल्यकाल उनकै फिल्महरुलाई हेर्दै बितेको कुरालाई पनि स्मरण गरेका थिए । शारुख खानको अभिनय अरुकोभन्दा भिन्नै लाग्ने र निकै आकर्षक लाग्ने उनले बताए । उनले अभिनयमा पाएको यो सफलताको श्रेय सिर्फ शारुख खान भएको बताएका छन् । र यसबारे शारुखले पनि थाहा पाए लगत्तै उनको सफलतामा आफु निकै खुसी भएको पनि बताएका छन् ।