२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान बिहानै मदिराले मातेपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम क्लस्टर छुटाएको भन्दै नेकपालाई कारण देखाउ आदेश



अ+ अ-

काठमाडौंं । संबैधानिक इजलासले नेपाली कम्युनिष्ट पार्टीलाई समानुपातीक सांसद छनौटका क्रममा मुस्लिम कस्टरलाई छुटाएको बारे कारण देखाउ आदेश गरेको छ।

कायममुकाम प्रधानन्यायधीश सपना प्रधान मल्ल ,न्यायधशिहरु कुमार रेग्मी हरिप्रसाद फुयाल मनोजकुमार शर्मा, नहकुल सुवेदीको संबैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फका मुस्लिम उम्मेदवारहरू (बन्दसूची) मा केसर जहा भन्ने सकिना मुस्लिम , जरिना वेगम ,जार्मिया खातुन ,कमरुल नशा ,ताज मोहम्मद मियाँ को नाम राखेको थियो । तर नेकपाले ९ जना समानुपातिक सांसद छनौट गर्दा मुस्लिम उम्मेदवारहरू छुटाएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

नेकपाले खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्‍गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरालाई सांसद बनाएको थियो ।