१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओली नियमित डायलासिसमा, ९ औं पटक गरियो डायलासिस



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार साँझ मिर्गौलाको नियमित डायलासिस गरिएको छ । मिर्गौलाको नियमित डायलासिसका लागि उनी सागको समापन समारोह हेरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको यो नियमित डायलासिस हो । मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि उनले अहिले नियमित डायलासिस गरिरहेका छन् ।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीको गत मंसिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि मंसिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

डिस्चार्ज गर्नु अघि उनको नवौँ पटक डायलाइसिससमेत गरिएको थियो । ‘प्रधानमन्त्रीको अन्य स्वास्थ्यस्थिति ठिकै छ, उहाँलाई डायलाइसिस गर्न यहाँ ल्याइएको हो’, उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्रीको एपेन्डेसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाईमा ५ पटक डायलाइसिस गरिएको थियो । यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलाइसिस गरिएको थियो । सौर्य दैनिकबाट