११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

‘वैदिक ९९ प्रतिशत हुँदैन’

‘वैदिक ९९ प्रतिशत हुँदैन’
अ अ+ अ-

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदमप्रसाद वैदिक न्यायाधीश हुने सम्भावना न्यून रहेको बताएका छन्। आलोचनात्मक अवस्थामा न्यायाधीश नियुक्त हुन नसक्ने उनको भनाइ छ। ‘उहाँ (पदमप्रसाद वैदिक) न्यायाधीश बन्ने सम्भावना ९९ प्रतिशतै छैन’, उनले भने, ‘बरु अब कसलाई न्यायाधीश बनाउने हो, बसेर छलफल गरौं।’ सर्वोच्च अदालतको न्यायाधीश हुने आकांक्षासहित वैदिकले परिषद् सदस्यबाट राजीनामा दिएका थिए। परिषद् अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले नै केही दिनअघि परिषद् बैठकमा वैदिकको नाम प्रस्ताव गरेका थिए।

तर, उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले असहमति जनाएपछि सिफारिस रोकिएको थियो। वैदिकका विषयमा नेपाल बार एसोसिएसनले पनि विरोध जनाउँदै आएको छ। प्रधानन्यायाधीश जबराका अनुसार परिषद् बैठक बुधबार बस्दै छ। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा बारले बुटवलमा आयोजना गरेको राष्ट्रिय सम्मेलन तथा परिषद् बैठक उद्घाटनमा प्रधानन्यायाधीश जबराले न्यायालयलाई स्वतन्त्र बनाउन आफूले काम गरिरहेको बताए।

उनले बारकै पदाधिकारीलाई परिषद् बैठकमा पर्यवेक्षकका रूपमा लैजान तयार रहेको बताए। ‘तपाईंहरू बैठकमा जान चाहनुहुन्छ भने पनि पर्यवेक्षकका रूपमा राख्न तयार छु’, उनले भने, ‘तर, व्यक्तिको गल्तीमा सिंगो न्यायालयमाथि लान्छना नलगाउनुहोस्।’ आफू बारभन्दा पृथक् नहुने उनले बताए। उनले बार पदाधिकारीलाई न्यायालयविरुद्ध जथाभाबी बोल्नु निन्दनीय रहेको धारणा व्यक्त गरे। व्यक्ति किटान गरेर आरोप लगाउन उनले आग्रह गरे।

आफूले कार्यभार सम्हालेको ११ महिनामा न्यायालयलाई स्वतन्त्र बनाउन कोसिस गरिरहेको उनले बताए। ‘न्यायाधीशलाई फैसला र आदेशले साथ दिने हो’, उनले भने, ‘त्यो गलत भयो भने कसैले सहयोग गर्दैन।’ न्यायसम्पादनमा कसैसँग कानेखुसी र फोनमा कुरा नगर्न उनले न्यायाधीशलाई निर्देशन दिए। कानुन व्यवसायीले न्यायाधीश नियुक्तिको तयारीप्रति आलोचना गरेका थिए। बार उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले न्यायाधीश नियुक्तिअघि सूची बनाएर छलफल हुनुपर्ने बताए। ‘बारले नै नचिनेका व्यक्ति न्यायाधीश नबनून्’, उनले भने।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वकिलहरू पनि दलाल हुन नहुने बताए। न्यायालयलाई स्वतन्त्र बनाउन वकिलहरूको भूमिका रहने उनको भनाइ थियो। अर्का वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले न्यायाधीश नियुक्तिमा बारले सुझाव र विकल्प दिनुपर्ने बताए। बारलाई राजनीतिमुक्त गर्नुपर्ने उनको राय थियो। सम्मेलनमा सहभागी कानुन व्यवसायीले न्यायालय राजनीतिक अखडा बनेको भन्दै आलोचना गरेका थिए।

संविधान पुनरावलोकन समिति चाँडैः कानुनमन्त्री यादवउपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान पुनरावलोकनका लागि समिति गठन गरिने बताएका छन्। कानुन व्यवसायीकै सहयोगमा संविधानका त्रुटि सच्याउने गरी समिति बनाइने उनले बताए। ‘नेपालको न्यायालय नै संविधानअनुरूप छैन’, उनले भने, ‘संघीय संरचनामा मुलुक गयो तर न्याय परिषद्मा प्रदेशको सहभागिता छैन। यसलाई सच्याउनुपर्छ।’ यीलगायत कैयौं त्रुटि सच्याएर मात्रै संविधान कार्यान्वयनमा आउने उनको भनाइ थियो। अन्नपुर्णपोष्ट दैनिकबाट