१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोतमा खुलेआम सेटिङ धन्दा, ६ बिचौलिया समातिए



अ+ अ-

काठमाडाैँ ।  जिल्ला प्रहरी कार्यालय चितवनले मालपोत कार्यालय भरतपुरमा अनधिकृत रूपमा प्रवेश गर्ने ६ जनालाई पक्राउ गरेको छ। बिहीबार गरिएको कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस घटनापछि मालपोत कार्यालयले सूचना जारी गर्दै कार्यालय परिसरमा अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ गरेको छ। सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही व्यक्तिहरूले अनधिकृत रूपमा कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गुनासो बढेपछि यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट पारेको छ।

अबदेखि सेवा लिन आउने सम्बन्धित सेवाग्राही र कानुनबमोजिम दर्ता भएका भू–सेवा सञ्चालकहरूलाई मात्र कार्यालय प्रवेश दिइने व्यवस्था गरिएको छ। सेवासम्बन्धी कामकारबाही पनि सम्बन्धित व्यक्तिले पेश गरेको निवेदन तथा कानुनअनुसार दर्ता भएका भू–सेवा सञ्चालकहरूले पेश गरेका कागजातका आधारमा मात्र अगाडि बढाइने जनाइएको छ।

यससँगै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन आग्रह गरेको छ।