१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने, यस्ता छन् पुरस्कार राशी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिए ।

खेलाडीहरुको मनोबल बढाउनुका साथै उच्च आत्मसम्मान प्रदान गरुन भन्ने उद्देश्यले स्वर्ण पदक बिजेतालाई जनही रु. एक लाख, रजत पदक बिजेतालाई रु ५० हजार र कास्य पदक बिजेतालाई रु ३० हजार नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताए ।