१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु

इथियोपियाको टिग्रेमा भोकमरीका कारण तीन बर्षमा एक हजार ३०० को मृत्यु
अ अ+ अ-

अदिस अबाबा। इथियोपियाको हिंसाग्रस्त टिग्रे क्षेत्रमा विगत तीन वर्षमा विस्थापन शिविरमा भोकमरीका कारण एक हजार ३०० भन्दा बढीको मृत्यु भएको एक स्थानीय अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन्।

अफ्रिकी सङ्घको अनुमानित तथ्याङ्क अनुसार सन् २०२० देखि सन् २०२२ मा सङ्घीय सरकार र उत्तरी टिग्रे क्षेत्रका सेनाबीच भएको गृहयुद्धमा कम्तीमा छ लाख मानिसको मृत्यु भएको थियो।

युद्धका कारण करिब एक लाख मानिस शिविरमा विस्थापित भएका छन् ।

टिग्रेको सामाजिक मामिला कार्यालयका निर्देशक गेब्रेसेलासी तारेकेले एएफपीसँग भन्नुभयो, “विगत तीन वर्षमा टिग्रे वरपरका शिविरहरूमा आन्तरिक रूपमा विस्थापित धेरै व्यक्तिहरूको भोकमरी र औषधिको अभावका कारण मृत्यु भएको छ। यो सङ्ख्या
एक हजार ३०९ रहेको उहाँले बताउनुभयो ।

“स्थिति खराब हुँदै गइरहेको छ, हामीले सङ्घीय सरकारबाट पर्याप्त सहयोग पाइरहेका छैनौँ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले उनीहरूको सहयोग कम गरिरहेका छन्,” गेब्रेसेलासीले भन्नुभयो ।

राजनीतिक तनाव बढेपछि अदिस अबाबाले केही महिनाअघि टिग्रेलाई दिँदै आएको आर्थिक सहयोग बन्द गरेको थियो ।

“धेरै मानिसहरू जोखिममा छन्”, गेब्रेसेलासीले भन्नुभयो, “सबैभन्दा बढी प्रभावित शिविरहरूमध्ये एकमा एक लाख ५० मानिसहरू छन्।”

गत नोभेम्बर र जनवरीमा इथियोपियाली सेना र टिग्रेकोसेनाबीच पुनः भिडन्त भएको थियो ।

सङ्घीय अधिकारीहरूले टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) ले इरिट्रियासँग सम्बन्ध निर्माण गरिरहेको आरोप लगाएका छन् ।

इरिट्रियाले भूपरिवेष्ठित इथियोपियाले आफ्नो बन्दरगाह शहर अस्साब कब्जा गर्ने योजना बनाएको आरोप लगाएको छ। सीमामा हप्तौँदेखि सैनिकहरू जम्मा भएका छन्।

गत महिना संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले दुई राष्ट्रहरूलाई ‘थप धेरै ढिलो नगरिकन’ तत्काल तनाव कम गर्न आग्रह गर्नुभएको थियो ।   (रासस/एएफपी)