९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् नेकपाले टुंगो लगाएका समानुपातिक उम्मेदवार, मुस्लिम समुहलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि



अ+ अ-

काठमाडौंं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) समानुपातिकतर्फ ९ सिटका लागि बन्दसूचीबाट नाम छनौट गरेर आयोगमा सिफारिस गरेको छ ।

नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम आयोगमा पठाएको छ ।

सहसंयोजक माधव नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्मा लाई सिफारिस गरिएको छ ।

अन्य क्लष्टरबाट छनौट हुदा मुस्लिम क्लष्टरलाई उपेक्षा गरिएको भन्दै नेता क्लष्टरका उम्मेदवार ताज मोहम्मद मियाँले मुस्लिम लाई संविधानले दिएको समानुपातिक र समावेशी अधिकार नेकपाले खोसेको आरोप लगाउनु भएको छ । उहाँले लेख्नु भएको छ– ‘९ सिटमा मुस्लिम शून्य, अब भुलेर पनि मुस्लिमको नाम नलिनु है, आफ्नो फोकटिया भाषणमा ।

’ताज मोहम्मद मियाँ मुस्लिम क्लष्टरको पहिलो नम्बरमा रहनु भएको थियो । मियाँसंगै उक्त समूहका नेताहरुले सामाजिक सञ्जालबाट असन्तुष्टि जनाउन थालेका छन् ।

 

 

 

 




भर्खरै