१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्राज्ञ खालिङलाई मरणोपरान्त आदर्श नागरिक सम्मान



अ+ अ-

झापा। पूर्वप्राज्ञ स्वर्गीय दान खालिङलाई मरणोपरान्त ‘पूर्णटुङ्ग आदर्श नागरिक सम्मान-२०८२’ प्रदान गरिएको छ ।

जय नेपाल प्रतिभा प्रोत्साहन पुरस्कारद्वारा आयोजित कार्यक्रममा उहाँलाई रु एक लाख ११ हजार १११ राशिसहितको सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बिर्तामोडस्थित लिटल फ्लावर आवासीय स्कुलले रु एक लाख ११ हजार १११ तथा टावर टेम्पल बोर्डिङ स्कुलले रु २५ हजार नगदसहित स्व खालिङप्रति सम्मान व्यक्त गरेका हुन् । सो सम्मान खालिङ परिवारका तर्फबाट उहाँका भतिज नवीन खालिङ, भतिजी नाओमी खालिङ र भतिजबुहारी निता खालिङले ग्रहण गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी, नेपाल पत्रकार महासङ्घ संस्थापक महासचिव चन्द्र भण्डारीले स्व खालिङ नेपाली साहित्यका विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै उहाँले दार्जिलिङमा जन्मिएर पनि नेपालमा रहेर साहित्य, भाषा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको स्मरण गर्नुभयो । उहाँले खालिङको जीवनी, साहित्यिक सिर्जना र झापा जिल्लामा पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको चर्चा गर्नुभयो ।

प्रतिष्ठानका संस्थापक गोपाल बस्नेत, श्याम बस्नेत र जितेन्द्र बस्नेतले खालिङ परिवारलाई सम्मान हस्तान्तरण गर्नुभएको थियो । शिक्षासेवी राजेश खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीले स्व खालिङले नेपाली साहित्य र समाजमा पुर्‍याउनुभएको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा व्यक्त गर्नुभयो ।

यो पुरस्कार २०८० मा महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । पूर्वप्राज्ञ खालिङ झापाको बिर्तामोडमा रहेर लामो समय शैक्षिक अभियान र साहित्यिक लेखनमा सक्रिय हुनुहुन्थ्यो । रासस




भर्खरै