१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले टुंगो लगायो समानुपातिक सांसदहरू (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।

पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको छ सचिब महेश बस्नेतले जानकारी दिनुभयो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो (२९ गते) बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रिय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

एमालेले टुंगो लगाएको उम्मेदवारहरु

जनजाति (४ जना)

महिला :

• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ

पुरुष :

• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य

खस आर्य (५ जना)

महिला :

• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल

थारु (१ जना)

• कृपाराम राना (पुरुष)

दलित (२ जना)

महिला :

• विष्णुमाया वी.के.
• नीता घटानी

मधेसी (३ जना) महिला

महिला :

• रिङ्ला यादव
• यशोधा कुमारी यादव

पुरुष :

• चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

• साजिदा सिद्दीकी