१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा



अ+ अ-

बैतडी। बैतडीमा जारी नेपाल–इन्डो टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलबाट भारतीय टोली सेमिफाइन प्रवेश गरेको छ ।

रणशैनी क्लबलाई पाँच विकेटले हराउँदै भारत पिथौरागढको टोली सेमिफाइनल पुगेको हो । जितका लागि पाएको ११९ रनको लक्ष्य पिथौरागढले १६.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । जसमा आयुस पाण्डेयले अर्धशतकीय पारी खेल्दै ५१ रनमा अविजित रहे । रणशैनीका जय धामीले तीन विकेट हात पारे ।

यसअघि दशरथचन्द नगरपालिका–१० रातामाटास्थित बुड्डाबाजे क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको रणशैनी १९.३ ओभरमा ११८ रनमा समेटियो । उसका प्रकाश भट्टले सर्वाधिक २६ रन जोडे । बलिङमा पिथौरागढका सञ्जय राई र जयदीप पोखराईले तीन–तीन विकेट झारे ।

अर्धशतकीय पारी खेल्दै टोलीलाई जिताएका पिथौरागढका आयुस पाण्डेय प्लेयर अफ दी म्याच चुनिए । पञ्चकोटी युवा क्लबको आयोजनामा यही फागुन २८ देखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १२ टोलीको सहभागिता छ ।

आगामी चैत ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ६५ हजार र उपविजेताले रु ३० हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो । रासस




भर्खरै