काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सांसद बनाइदिन अनुरोध गर्दे उम्मेदवारहरुले दवाब दिएपछि आफ्नो दिक्दारी सामाजिक संञ्जाल मार्फत व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगले तीन दिन भित्र नाम सिफारिस गर्न समय दिएकै दिन साम्पाङले यस्तो दिक्दारी पोख्नु भएको हो ।
उहाँले बिहीबार राति करिब ८ बजेतिर लेख्नुभयो ‘भात खाऊ मेरो टाउको नखाऊ’
यसैगरी राती १० बजे लेख्नुभयो ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्नेछु ! हद भो !!!’
राष्ट्रिय पार्टी बन्न सफल साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। यो दलले समानुपातिकमा ४ जना सांसद पाउने छ।











