१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन

‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ ।

कृषि व्यवसायमार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २७ लाख वजेट विनियोजन गरेको छ । विशेषगरी तरकारी खेतीमा आत्मनिर्भर बनाउनका लागि वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वडाका बासिन्दाले फाइदा लिन सक्ने गरी माटो सुहाउँदो तरकारी बाली र केराखेतीका लागि स्थान छनोट गरी कार्यक्रम सञ्चालन गरिएको नगरपालिका कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीले बताउनुभयो । सो कार्यक्रम अन्तर्गत नगरपालिका नौ वडामध्ये वडा नं १, २, ३, ६, ७, ८ लाई तरकारी खेती, वडा नं ४, ५ लाई केरा खेती र वडा नं ९ लाई च्याउखेतीका लागि छनोट गरिएको छ ।

“तरकारी खेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा ५० प्रतिशत अनुदानमा सिधै खातामा रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ”, अधिकृत धामीले भन्नुभयो, “अनुदान रकमसँगै तरकारी बाली, च्याउ र केरा खेतीका लागि तीन दिने तालीम दिने कार्य, माटो परीक्षण, आइपिएम पाठशाला सञ्चालनसँगै बजार प्रवद्र्धन, सङ्कलन केन्द्र स्थापना, हाटबजारसमेत सञ्चालन गरिने छ ।”

“कृषिबाट स्थानीयवासीको जीवनस्तर उकास्न यो कार्यक्रम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “युवालाई कृषि क्षेत्रमा आकर्षित गर्नसमेत कार्यक्रम उपयोगी हुनेछ ।” कृषि प्रसार अधिकृत धामीले कार्यक्रमको मुख्य उद्देश्य कृषिलाई व्यावसायिक बनाउनु नै हो भन्दै कार्यक्रमअन्तर्गत किसानलाई बजारीकरणमा पनि सहयोग गरिने योजना रहेको बताउनुभयो । उहाँले सुरुमा किसानलाई मल, बीउ र अन्य कृषिजन्य सामग्री अनुदानमा उपलव्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो ।

“जुन ठाउँमा जे बालीको राम्रो उत्पादन हुन्छ, त्यही आधारमा कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “तरकारी, केरा र च्याउखेतीमा किसानलाई प्याकेजमै सहयोग उपलब्ध गराएको छ ।”

स्थानीयवासीलाई गाउँमै रोजगारी दिन यो कार्यक्रम लागू गरिएको नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेका कृषि उत्पादनलाई भण्डारण गर्नका लागि शीतभण्डार निर्माणका लागि कार्य अगाडि बढाइएको छ । शीतभण्डारका लागि डिपिआर निर्माणको कार्य पूरा गरिएको छ ।”

“कृषि उत्पादनमार्फत उनीहरूलाई रोजगारीमा जोड्न खोजेका हौं”, उहाँले भन्नुभयो, “यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएपछि काम खोज्दै भारतका विभिन्न ठाउँमा जाने युवाहरूको बाध्यताको अन्त्य हुने हाम्रो अपेक्षा छ ।’

केरा उत्पादनमा लागेका किसानलाई सहयोग पु¥याउन केरा पकाउने ¥यापिङ च्याम्बरसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । नगरपालिकाले प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने किसानलाई रु तीन लाख अनुदान उपलब्ध गराएको छ । किसानलाई व्यावसायिक बनाई विपन्नबाट आर्थिकरुपमा सम्पन्न बनाउनका लागि कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने उहाँको भनाइ छ ।

प्राङ्गारिक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने छ ।

यस्तै कृष्णपुर नगरपालिकाले ‘मेयरसँग कृषि’ कार्यक्रमसमेत सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत प्रत्येक वडामा दुई वटाका दरले नमूना तरकारी पकेट क्षेत्र स्थापना गरिएका छन् । पटके क्षेत्र स्थापनासँगै कृषिउपजको बजारीकरण गर्नका लागि अध्ययनको कार्यसमेत अगाडि बढाइएको छ । कार्यक्रम सञ्चलनका लागि चालू आवमा रु तीन लाख बजेट परिचालन गरिएको छ । चालू आवमा किसानलाई ५० प्रतिशत अनुदानमा रु १० लाख मूल्य बराबरको उन्नत जातको गहुँको बीउ नगरपालिकाले वितरण गरेको छ ।

माटो सुहाउँदो बाली लगाउनका लागि घुम्ती माटो शिविरको आयोजना गरी माटोका एक हजार २०० नमूना चेकजाँच गरी माटोअनुसारको बाली लगाउन सिफारिससमेत गरिएको छ । कृष्णपुर तरकारी खेती र केराखेतीका लागि जिल्लामै अग्रणी रहेको बताइएको छ ।