१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीस हजार सवारी चालक कारवाहीमा



अ+ अ-

दाङ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो ।

चालू आवको साउनमा दुई हजार ४०० सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा चार हजार ३०० चालकको कारवाहीबाट रु २६ लाख ९३ हजार ५००, असोजमा रु चार हजार ६५० सवारी चालकको कारवाहीबाट रु २८ लाख ४२ हजार ५००, कात्तिकमा चार हजार ४०० चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५५० सवारी चालकको कारवाहीबाट रु २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवधिमा दुई हजार ७३५ बस चालक, तीन हजार ६७७ ट्रक चालक, दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

उहाँले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताउनुभयो ।