१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

मूल्य निर्धारणपछि कृषक उत्साहित

मूल्य निर्धारणपछि कृषक उत्साहित
अ अ+ अ-

बेझाड । कुखुरा तथा अण्डाको बजार मूल्य नपाएर हैरानी खेपेका रामपुरका कृषक बजार मूल्य निर्धारण भएपछि उत्साहित भएका छन् । लागत नै नउठ्ने गरी बिक्री गर्न बाध्य यहाँका कुखुरापालक कृषक निश्चित मूल्य कायम भएपछि खुशी छन् ।

जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो रु २००, मासु प्रतिकिलो थोक रु ३०० र खुद्रा मूल्य प्रतिकिलो रु ३४० दरभाउ कायम गरिएको रामपुर नगरपालिका पशुसेवा शाखा प्रमुख मोहनप्रसाद भट्टराईले बताउनुभयो । ठूला अण्डाको खुद्रा मूल्य प्रतिपेटी रु दुई हजार ३००, साना अण्डाको रु दुई हजार २०० मूल्य कायम भएको छ । थोक मूल्य ठूला अण्डाको प्रतिपेटी रु दुई हजार २०० र साना अण्डाको रु दुई हजार १०० मूल्य कायम भएको छ “कृषकले लागतअनुसार मूल्य नै नउठ्ने गरी कुखुरा बिक्री गर्छुभन्दा पनि बिक्री गर्न नसक्ने अवस्था, बाहिरबाट सस्तो मूल्यमा कुखुरा भित्रने र यहाँको उत्पादनले बजार नपाउदा कृषक मारमा परेको गुनासो आएपछि सरोकारवालाको बैठक बसेर निश्चित दरभाउ कायम गरेका छौँ”, उहाँले भन्नुभयो ।

कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्ने सोच बनाएका कृषकले लगानी पनि नउठ्ने गरी दिन खोज्दा व्यापारीले खरिद गर्न आलटाल गर्ने गरेको व्यवसायी कृषक मेगराज न्यौपाने बताउनुहुन्छ । अहिले भने निश्चित दरभाउ कायम गरेपछि व्यवसायमा हौसला बढेको उहाँ बताउनुहुन्छ ।

रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले बाहिरबाट कुखुरा सस्तो मूल्यमा व्यापारीले खरिद गर्ने र महङ्गो मूल्यमा उपभोक्तालाई बेच्ने प्रवृत्तिले स्थानीय उत्पादनले बजार नपाएको बताउनुहुन्छ । “अब मूल्य कायम गरिएपछि कृषकले ठूलो राहत पाएको महसुस गरेका छन्, यसलाई नियमित अनुगमन र बाहिरबाट भित्रने कुखुरा निरुत्साहित नै पूर्ण रुपमा गर्न सकियो भने कृषकको पनि आयस्रोत बढ्नेछ”, अर्यालले भन्नुभयो ।

जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा बिक्री गर्न खोज्दा पनि बजार नपाएर हैरानीमा परेका कृषक अब भने निश्चित दरभाउ कायम भएपछि उत्साहित भएका छन् । अण्डा उत्पादक कृषक पनि बिचौलियाको चरम मारमा छन् । स्थानीय उत्पादनले बजार पाउँदैन तर बाहिरबाट ल्याइएका अण्डाले रामपुर बजार ढाकेको छ । निश्चित दरभाउ कायम गरिएपछि व्यवसायमा हौसला बढेको अण्डा व्यवसायी भुवन अर्यालको भनाइ थियो ।

“बाहिरबाट आएका अण्डाले बजार भाउ लिइरहेको, स्थानीय उत्पादनले बजार नपाउने समस्याले व्यवसाय गर्ने कि छाड्ने अवस्थामा रहेकाबेला रामपुर नगरपालिकामा ढिलै भए पनि दरभाउ तोकिएकोमा खुशी लागेको छ”, अर्यालले भन्नुभयो । रामपुर बजारमा दैनिक आठ हजार अण्डा खपत भइरहेको छ । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा व्यावसायिक फार्म छन् । यहाँ दैनिक पाँच हजार अण्डा उत्पादन हुने गरेको छ तर बजार पाउन सकस छ । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा रु ९ मा बिक्री भइरहेपनि उपभोक्ताले भने रु १५ मा खरिद गर्न बाध्य थिए । अहिले कुखुराको दानाको मूल्य बढेको छ ।

रामपुर नगरपालिकालाई कुखुरामा आत्मनिर्भर गराउन बाहिरबाट यहाँ भित्रने कुखुराहरु कम गरी यहीको उत्पादनलाई प्राथमिकता दिएपछि कृषक आत्मनिर्भर हुने आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता हुमनाथ न्यौपाने बताउनुहुन्छ । “रामपुरको उत्पादनले बजार थेग्न सक्ने अवस्था हुँदासम्म बाहिरबाट कुखुरा ल्याएर किनबेच गर्ने कार्यलाई रोक्ने अभियानमा छौँ र बाहिरबाट ल्याउन लैजान परेमा पशुसेवा शाखाबाट अनुमती लिनुपर्नेछ”, उहाँले भन्नुभयो ।