१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन, दुई करोड उद्घाटनमै खर्च

यसरी हुनेछ भ्रमण वर्षको उद्घाटन, दुई करोड उद्घाटनमै खर्च
अ अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुनुपर्नेछ । मार्चपास तथा र्यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो ३ बजे शुरु हुनेछ ।

भ्रमण वर्षलाई भव्य बनाउने सन्दर्भमा पर्यटनमन्त्री योगेशकुमार भट्टराई अहोरात्र खटिनुभएको छ । भ्रमण वर्षकै सन्दर्भमा पछिल्ला दिनमा मन्त्री भट्टराईले १०० भन्दाबढी सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरी अभियानलाई सफल पार्न सक्रियता जनाइदिन आग्रह गर्नुभएको छ । पर्यटनमन्त्रीले यही पुस ६ देखि ९ गतेसम्म दैनिक छलफल गर्नुभयो । यो अवधिमा मन्त्रीले कुनै दिन दैनिक नौदेखि १० वटा सङ्गठनसँग पनि छलफल गर्नुभयो । दिनमा छलफल तथा विमानस्थल अवलोकनदेखि पर्यटकीय पूर्वाधारका धेरै कामप्रति चासो राख्दै मन्त्रीले आफ्नो सक्रियता बढाउनुभएको छ ।

उहाँले सरकारी, सार्वजनिक निकाय तथा निजी क्षेत्रका सङ्घसंस्था, व्यापारिक प्रतिष्ठान, स्काउट, लायन्स, रेडक्रसजस्ता संस्थासँग अन्तक्र्रिया गर्नुभएको हो । नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित सरकारले नेपाल भ्रमण वर्ष मनाउँदैछ । भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकाङ्क्षी लक्ष्यलाई सार्थक तुल्याउन विशेष जिम्मेवारी रहेको पर्यटन मन्त्रालय र त्यसको नेतृत्व गर्ने पर्यटनमन्त्री तथा मातहत निकायका प्रमुख लागि पर्नुभएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष घोषणासँगै सन् २०२०–२०३० लाई पर्यटक दशकका रूपमा मनाउने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हो । तर २०२० अन्तिम होइन, यो भ्रमण वर्षको शुरुआत हो । हामी एक दशकलाई पर्यटन दशकका रूपमा मनाउने अभियानमा छौँ, उक्त अवधिमा पर्यटकीय पूर्वाधारको कामलाई प्राथमिकता दिन्छौँ ।”

भ्रमण वर्ष सचिवालयलाई यतिखेर भ्याइनभ्याइ छ । भ्रमण वर्षको तयारीका लागि सचिवालयका सबै जनशक्ति सक्रियरुपमा लागेको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले बताउनुभयो । उद्घाटन कार्यक्रममा देशभित्र १६ हजारलाई निमन्त्रणा गरिएको छ ।

भ्रमण वर्ष नजिकिँदै जाँदा पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय र बोर्ड यसको उद्घाटन कार्यक्रमलाई भव्य बनाउने तयारीमा जुटेको सचिवालयका उपसचिव राजन पौडेलले जानकारी दिनुभयो । उहाँले उद्घाटन कार्यक्रमदेखि भ्रमण वर्ष अवधिभर गरिने काम, विदेशमा गरिने प्रवद्र्धनलगायतका काममा आफूहरु व्यस्त भएको बताउनुभयो । सचिवालयमा संयोजक, सदस्यसचिव, उपसचिवलगायत ३० कर्मचारी छन् ।

चालिस देशका सञ्चारकर्मी आउने

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा ४० भन्दाबढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता रहनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकबाट प्रतिष्ठित सञ्चारमाध्यमको प्रतिनिधित्व रहनेछ । विदेशी पत्रकारलाई देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा तीनदेखि पाँच दिनसम्मको भ्रमणको व्यवस्था मिलाइएको व्यवस्थापनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

भ्रमण वर्षको भव्य उद्घाटन गरी नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिने भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताउनुभयो । उद्घाटन कार्यक्रम हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) पछि नेपालमा आयोजना हुने अर्को ठूलो अन्तरराष्ट्रियस्तरको कार्यक्रम हुने उहाँको भनाइ थियो । त्यसका लागि सचिवालयले सम्पूर्ण तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । स्वदेश तथा विदेशी राजदूतावासमा हुने उद्घाटन कार्यक्रमको अन्तिम तयारी सकिएको संयोजक वैद्यको भनाइ थियो ।

उद्घाटनमा दुई करोड खर्च

भ्रमण वर्ष उद्घाटनका लागि जम्मा दुई करोड खर्च हुने संयोजक वैद्यले बताउनुभयो । उद्घाटन समारोह हुने स्थल दशरथ रङ्गशाला सरकारले निःशुल्क उपलब्ध गराउने भएकाले उद्घाटन खर्च घट्नेछ । रङ्गशाला भाडामा लिनुपर्दा दैनिक रु १५ लाख पर्नेछ । दुई तीन दिनअघि नै तयारी गर्नुपर्ने जनाइएको छ । स्वीकृत बजेट बाहेक आवश्यक खर्चको कुनै समस्या नहुने सचिवालयले जनाएको छ । सरकारले हालै भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरेको छ ।