१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

पुरुष मान्दैनन् बन्ध्याकरण गर्न

पुरुष मान्दैनन् बन्ध्याकरण गर्न
अ अ+ अ-

लम्की । यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् ।

उदासीपुर स्वास्थ्यचौकी, पहलमानपुर स्वास्थ्यचौकी, दरख स्वास्थ्यचौकी,, बर्दगोरियाको दोदोधारा स्वास्थ्यचौकी, बलिया स्वास्थ्यचौकी लम्की र टीकापुर अस्पतालमा शिविर सम्पन्न भएको हो । शिविरमा बन्ध्याकरण गर्न धेरैजसो महिला नै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्न कैलालीमा महिला अग्रसर देखिएको बताउनुभयो । ‘‘पहाडी जिल्ला बझाङबाट कैलाली सरुवा भएर आएको हुंँ । त्यहांँ पुरुष मात्रै बन्ध्याकरण गर्छन् । यहांँ त सबै महिला आए । यहांँका पुरुष त बन्ध्याकरण गर्नै मान्दैनन् ”, चापागाईँले भन्नुभयो, ‘‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भनेको, आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनी फर्कन्छन् ।’’

यही पुस ८ र ९ गते टीकापुर अस्पतालमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा ७५ जनाले बन्ध्याकरण गरेका छन् । बन्ध्याकरण गर्नेमा सबै महिला छन् । ‘‘बन्ध्याकरण शिविरमा सबै महिलाले मात्रै सेवा लिए । पुरुषलाई आग्रह गर्दा पनि मानेनन् ’’, स्वयंसेविका चन्द्रावती शर्माले भन्नुभयो, “बन्ध्याकरणका लागि गाउंँगाउंँबाट सेवाग्राही ल्याउने काम स्वास्थ्यकर्मी र हामीले गर्यौ । दुई वा दुईभन्दा बढी सन्तान जन्माएका धेरै दम्पतीलाई अनुरोध गरेंँ तर पुरुष कसैले मानेनन् ।’’

स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताउनुभयो । ‘‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’’, शर्माले भन्नुभयो ‘‘पुरुषले परिवार नियोजन महिलाकै ठेक्का जस्तो गरेका छन् ।’’

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक चापागाईँ अस्थायी साधन प्रयोग गर्नेमा पनि महिलाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । कैलालीका भजनी र जोशीपुरमा शिविर सञ्चालन भइरहेको छ । ‘‘पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्’’, टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले भन्नुभयो ‘‘परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।’’ पुरुषहरूको शुक्रवाहिनी नली आवश्यकता परे फेरि जोडेर सन्तान जन्माउन सकिन्छ । महिलाले भने मिनील्याप गरिसकेपछि सन्तान जन्माउनै सक्दैनन् ।

गर्भवती, पाठेघर खस्ने समस्या भएका र पहिले सघन शल्यक्रिया गरेका महिलाले मिनील्याप गर्न मिल्दैन । मिनील्याप गरेपछि महिला हिंँडेर घर जान नसक्ने र बोकेर लैजानुपर्ने हुनाले पहाडी क्षेत्रमा भने पुरुष भ्यासेक्टोमी गर्न तयार हुने तर तराईमा यातायात सुविधा भएकाले स्थायी बन्ध्याकरण महिलाकै ठेक्काजस्तो भएको पुरुषले गर्ने व्यवहारको अनुभव आफूहरुले पाएको स्वयम् स्वास्थ्यकर्मी सुनाउँछन् ।

महिलाले मिनील्याप गर्दा शल्यक्रिया नै गर्नुपर्छ तर पनि महिलाले यो सेवा बढी लिएका छन् । ‘‘आफू सानो झन्झट नखेप्ने तर महिलालाई जटिलता पनि व्यहोर्न लगाउने पुरुषहरूको प्रवृत्ति छ’’, सिनियर अनमी तारा खरेल भन्नुहुन्छ, ‘‘पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता छ । विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरु परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ ।’’