१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

घुम्न जाऊँ बर्दिया : थारू र अवधीनाच विशेष आकर्षण

घुम्न जाऊँ बर्दिया : थारू र अवधीनाच विशेष आकर्षण
अ अ+ अ-

रुपन्देही । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्नुहुने भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिनुभयो ।

ठाकुरद्वारालाई सिङ्गारेर चिटिक्क बनाइँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । “भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ”, सहसंयोजक नेपालले भन्नुभयो । उद्घाटनका दिन बाँकेको गावर भ्याली क्षेत्रमा जङ्गल सफारी पनि विधिवतरूपमा शुरु गर्ने कार्यक्रम छ ।

देश नं ५ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहनुभएको पर्यटन प्रवद्र्धन समिति गठन गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका पाँच÷पाँच सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनुहुने जनाइएको छ । कार्यक्रममा विभिन्न जन जातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने छ । रोल्पाको मगरनाच, दाङ र बर्दियाको थारूनाच, अवधीनाच, पञ्चेबाजासमेत प्रदर्शन गरिने महोत्सवमा गरिने छ ।

रुपन्देहीका पर्यटन व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा र बुटवलमा सडक खाना महोत्सवको आयोजना गरेका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिल्लाका मुख्य स्थानमा सडक खाना महोत्सवको आयोजना गरिएको हो । भ्रमण वर्षलाई लक्षित गर्दै सङ्घसंस्थाले सहुलियत समेत घोषणा गरेका छन् । आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटलमा १५ देखि ३० प्रतिशत छुट दिने निर्णय भएको होटल सङ्घले जनाएको छ ।

लुम्बिनी भ्रमण वर्ष मनाइरहेको प्रदेश सरकारको सहयोगमा बुद्ध जन्मस्थलमा विशेष समारोहबीच नेपाल भ्रमण वर्षको स्वागत तथा सडक खाना महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो । “नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन सडक खाना महोत्सवलाई भ्रमण वर्षसँग जोडेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तै बुटवल र भैरहवामा नेपाल भ्रमण वर्षको शुभारम्भ र लुम्बिनी भ्रमण वर्षको अवसरमा सडक खाना महोत्सवको आयोजना गरिएको छ । बाह्य पर्यटकहरु भित्रिने मुख्य नाका भैरहवामा पनि आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नेपाल भ्रमण वर्षको स्वागतका लागि सडक खाना महोत्सवको आयोजना गरिएको सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्रप्रकाश खनालले जानकारी दिनुभयो ।

होटलहरुले भ्रमण वर्षको स्वागतका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । जिल्लाका होटलले साङ्गीतिक महोलमा भ्रमण वर्ष मनाउने तयारी गरेका छन् । “नेपाल भ्रमण वर्ष सफल बनाउनु हामी सबैको दायित्व हो, त्यसैले यसको स्वागतमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेका छौँ, होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली हस्पिटालिटीसहितको सेवाको जानकारी दिन इभेण्ट आयोजना गरेका छौँ ।”

भ्रमर्ण वर्षबाट निजी क्षेत्र उत्साहित बनेको छ । भ्रमण वर्षका माध्यमबाट पर्यटन क्षेत्रको पूर्वाधार विस्तारमा ठूलो लगानी जुट्ने अपेक्षा निजी क्षेत्रको छ । सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसका लागि प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ ।