१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङ समस्या समाधान



अ+ अ-

विराटनगर । लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।

निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव रेग्मीको नाममा रहेको जग्गा १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले जानकारी दिनुभयो । जग्गाको अभाव कोशी लोकमार्ग अर्थात् धरान विराटनगरको छ लेनको सडकको दुई लेन ट्याङ्करले नै प्रयोग गरिरहेको थियो । कहिलेकाहीँ ट्याङ्करको लाइन निगमदेखि दक्षिण र उत्तरतर्फ लामो लाइन लाग्ने गरेको थियो भने सवारी दुर्घटनाको सम्भावना पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोदारले जानकारी दिनुभयो ।

पार्किङको समस्या हल भएपछि त्यस क्षेत्रमा सडक फराकिलो भएको, सवारी आवागमनमा सहज भएको र दुर्घटना हुने समस्या पनि टरेको प्रमुख पोदारले बताउनुभयो । पछिल्लो समयमा विराटनगर महानगरपालिका क्षेत्रभित्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्न थालेपछि मानिस सचेत भएका छन् भने सडकमा हिँड्ने मानिस पनि सडक पेटीबाट हिँड्न थालेका छन् ।