१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

पार्किङ समस्या समाधान

पार्किङ समस्या समाधान
अ अ+ अ-

विराटनगर । लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो ।

निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव रेग्मीको नाममा रहेको जग्गा १८ कठ्ठा जग्गा भाडामा लिएपछि पार्किङको समस्या हल भएको निगमका प्रमुख साहले जानकारी दिनुभयो । जग्गाको अभाव कोशी लोकमार्ग अर्थात् धरान विराटनगरको छ लेनको सडकको दुई लेन ट्याङ्करले नै प्रयोग गरिरहेको थियो । कहिलेकाहीँ ट्याङ्करको लाइन निगमदेखि दक्षिण र उत्तरतर्फ लामो लाइन लाग्ने गरेको थियो भने सवारी दुर्घटनाको सम्भावना पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राकेश पोदारले जानकारी दिनुभयो ।

पार्किङको समस्या हल भएपछि त्यस क्षेत्रमा सडक फराकिलो भएको, सवारी आवागमनमा सहज भएको र दुर्घटना हुने समस्या पनि टरेको प्रमुख पोदारले बताउनुभयो । पछिल्लो समयमा विराटनगर महानगरपालिका क्षेत्रभित्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्न थालेपछि मानिस सचेत भएका छन् भने सडकमा हिँड्ने मानिस पनि सडक पेटीबाट हिँड्न थालेका छन् ।