१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकलाई नगर परिक्रमा गराइने



अ+ अ-

कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखको बैठकबाट पश्चिमी सीमा नाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धन मात्रै नभएर देशको मान सम्मानसित पनि जोडिएकाले यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ ”, नगर प्रमुख विष्टले भन्नुभयो, “नाकाबाट नेपाल छिर्ने पहिलो पर्यटकलाई सम्मान गर्ने र बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यस दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफा सुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ ।

भ्रमण वर्षकै अवसरमा नगरपालिकाको ‘ग्रिन सिटी, क्लिन सिटी’को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो । नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रुपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा राख्नेलगायतका कार्य गरिएका छन् ।

यसैगरी भीमदत्तनगर गड्डाचौकी सडक खण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि स्वच्छ काष्ठमण्डका अभियन्ता केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो । भीमदत्तनगरको बजार क्षेत्रलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ ।

चुरे फेदका सबै धार्मिक पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा ‘हाफ म्याराथन प्रतियोगिता’ आयोजना गरिएको छ ।