१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

पर्यटकलाई नगर परिक्रमा गराइने

पर्यटकलाई नगर परिक्रमा गराइने
अ अ+ अ-

कञ्चनपुर । नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखको बैठकबाट पश्चिमी सीमा नाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा बजार परिक्रमा गराउने निर्णय गरिएको जानकारी दिनुभयो ।

“नेपाल भ्रमण वर्ष देशको पर्यटन प्रवद्र्धन मात्रै नभएर देशको मान सम्मानसित पनि जोडिएकाले यसलाई सफल बनाउन पर्यटकलाई विशेष सम्मान दिन लागेका छौँ ”, नगर प्रमुख विष्टले भन्नुभयो, “नाकाबाट नेपाल छिर्ने पहिलो पर्यटकलाई सम्मान गर्ने र बजार परिक्रमा गराउने निर्णय गरिएको छ । त्यस दिन पर्यटकको भोजन तथा आवासको समेत व्यवस्था गरिएको छ ।”

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको बैठकले सरसफाइ, सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, पर्यटकीय स्थानमा साङ्केतिक चिह्न राख्ने, प्रचारप्रसारका सामग्री वितरण गर्ने, खाली सरकारी जग्गामा वृक्षरोपण गर्ने, होटल सफा सुग्घर र चिटिक्क बनाउनेलगायतका निर्णयसमेत गरेको छ ।

भ्रमण वर्षकै अवसरमा नगरपालिकाको ‘ग्रिन सिटी, क्लिन सिटी’को नाराअनुसार खाली जग्गामा वृक्षरोपण गर्न लागिएको हो । नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्षका रुपमा मनाएको छ । पर्यटकीय स्थानसम्म पहुँच मार्ग निर्माण, होर्डिङ बोर्ड, रौटेलामा त्रिशूल स्थापना, गड्डाचौकीमा ७७ फिटको नेपाली राष्ट्रिय झण्डा राख्नेलगायतका कार्य गरिएका छन् ।

यसैगरी भीमदत्तनगर गड्डाचौकी सडक खण्ड चौडा बनाउन सडक डिभिजन कार्यालयसित पहल गरिएको छ । नगर क्षेत्रका पर्यटकीय स्थानमा सरसफाइका लागि स्वच्छ काष्ठमण्डका अभियन्ता केपी खनालको नेतृत्वमा सरसफाइसम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सरसफाइ अभियान सञ्चालन गरिएको हो । भीमदत्तनगरको बजार क्षेत्रलाई सफा र चिटिक्क बनाउन ठेला व्यवस्थापन गरिएको छ ।

चुरे फेदका सबै धार्मिक पर्यटकीयस्थल जोडिने गरी धार्मिक जैविक पर्यटकीय मार्ग र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरिएको छ । पुस १५ गते जैविक धार्मिक पर्यटकीय मार्गमा ‘हाफ म्याराथन प्रतियोगिता’ आयोजना गरिएको छ ।