१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरभित्रका सडकमा अब माग्न प्रतिबन्ध



अ+ अ-

काठमाडौं महानगरभित्रका सडकमा अब माग्न नपाइने भएको छ । महानगरले नेपाल प्रहरी, मानव सेवा आश्रमसहितका सरोकारवालाहरूसँग मिलेर महानगरलाई माग्नेमुक्त बनाउने अभियान सञ्चालन गरेको हो ।

शनिबारबाट सुरु भएको अभियानका क्रममा नयाँसडकस्थित संकटा मन्दिर, महांकाल मन्दिर, भद्रकाली मन्दिरलगायतका क्षेत्रमा माग्न बसेकाहरूलाई नबस्न आग्रह गरिएको छ । संकटा मन्दिर व्यवस्थापन समितिका अधिकारीहरूलाई पनि अभियानमा साथ दिन आग्रह गरिएको थियो ।

महानगरको सहरी सुव्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘सडकमा बसेकामध्ये वास्तविक बेसहारा, अभिभावकविहीन र सडक आश्रित मानिसको पहिचान गर्ने गरी सातदिने सचेतनामूलक कार्यक्रम चलाएका छौँ ।’