१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

२०५ विद्यालय भवन हस्तान्तरण

२०५ विद्यालय भवन हस्तान्तरण
अ अ+ अ-

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।चौथो ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ सम्म आइपुग्दा काभ्रेपलाञ्चोकमा विसं २०७२ को भूकम्पपश्चात भइरहेको विद्यालय भवन पुनःनिर्माणको क्रममा विद्यालय व्यवस्थापन समितिबाट निर्माण भइरहेका २१९ विद्यालय भवनमध्ये सम्पन्न भएर १७७ हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वनय एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकका प्रमुख द्वारिका पोखरेलले जानकारी दिए ।

अरु बाँकी भवन प्रायः निर्माणको अन्तिम चरणमा रहेको र अब छिट्टै हस्तान्तरण गर्ने अभियानमा जुटिरहेको उनको भनाइ छ । त्यस्तै एशियाली विकास बैंक (एडिबी) को सहयोगमा जिल्लामा ४७ विद्यालय भवन निर्माण गर्ने जिम्मा पाएकामा अहिलेसम्ममा २८ निर्माण सम्पन्नपश्चात हस्तान्तरण गरिसकेको र बाँकी १९ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

एकाइ (शिक्षा)का इञ्जिनीयर सोभित श्रेष्ठका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६ को अवसर पारेर जिल्लामा भूकम्पपछि पुनःनिर्माण गरिएका विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुका साथै बाँकी निर्माणाधीन भवन सम्झौताअनुसार तोकिएको समायमै निर्माणकार्य सम्पन्न गरी हस्तान्तरणको प्रक्रियामा लान आवश्यक निर्देशन दिइएको छ ।

स्थापना दिवसलाई अभियानकै रुपमा लिएर सम्पन्न भइसकेका विद्यालय भवन हस्तान्तरण गर्ने कामलाई उत्तिकै महत्वका साथ अगाडि बढाएको श्रेष्ठले बताए । भारतीय दूतावासले निर्माण गर्ने भनिएको १० विद्यालय भने अझै निर्माणकार्य शुरु भएको छैन । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार ती विद्यालय भवनका लागि ठेक्का आह्वान भइसकेको र केही हप्तापछि निर्माण कम्पनी छनोट भएर कार्यान्वयनमा अगाडि बढ्ने जनाएको छ ।