९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

छिटपुट घटनाबाहेक प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण सम्पन्न

छिटपुट घटनाबाहेक प्रतिनिधिसभा निर्वाचनको मतदान देशभर शान्तिपूर्ण सम्पन्न
अ अ+ अ-

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो। आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार मतदानको समय साँझ ५ बजेसम्म तोकिए पनि सो समयसम्म मतदान केन्द्रको लाइनमा रहेका मतदातालाई भने मतदान गर्न दिइएको थियो।

आयोगका अनुसार हालसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रुपमा स्थगन भएको छैन। दोलखा, सर्लाही र रौतहटमा केही समय सामान्य विवाद उत्पन्न भए पनि ती स्थानमा समस्या समाधान भई पुनः मतदान सञ्चालन भएको थियो। दोलखाको तामाकोशी–४ स्थित मालु मतदानस्थलमा केहीबेर स्थगनपछि पुनः मतदान सञ्चालन गरिएको जनाइएको छ।

मतदानसम्बन्धी विस्तृत विवरण भने आज साँझ ६ः१५ बजे आयोगले आयोजना गर्ने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ।

यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ ६५ राजनीतिक दलका उम्मेदवारले ६१ वटा निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान सम्पन्न भएको हो।

निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्, जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। यसका साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको थियो।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो भने १४३ अस्थायी मतदानस्थल पनि तोकिएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज रुपमा मतदान गर्न प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।