३ भाद्र २०८३, बुधबार
,
Latest
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले बन्द गर्यो खाडी देशका दूताबास, युएइका नेपालीलाई दर्ता हुन आग्रह



अ+ अ-

काठमाडौँ: इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणपछि बढेको तनावले सिंगो खाडी क्षेत्र नै प्रभावित भएको छ । खाडीका कैयौँ देशमा इरानले हमला गरिरहेको छ । इरानमाथिको आक्रमणको विरुद्धमा खाडीका अन्य देशहरुमा अमेरिकी सैन्य अखडा रहेका स्थानमा इरानले सो आक्रमण गरेको हो ।

यसैबीच गएको शनिबार यतादेखि बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकमा रहेका आफ्ना दुतावास तथा मिसनहरु बन्द गर्ने घोषणा गरेको छ । साथै अमेरिकाले हिजो नै ती तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश पनि दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले साउदी अरबको रियादस्थित अमेरिकी दूतावास मङ्गलबारदेखि नै बन्द भएको जनाएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यस अघि साउदी अरबका अधिकारीले रियादमा रहेको दूतावासमा दुई वटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

कुवेतस्थित अमेरिकी दूतावासले पनि अर्को सूचना जारी नभएसम्म सम्पुर्ण सेवा निलम्बन गरेको जानकारी दिएको छ । अमेरिकी विदेश विभागले गैर–आवासिय कर्मचारी उनीहरुका परिवारका सदस्यलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ । विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

यसैबीच मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक परेमा उनीहरुको उद्धार समेतका लागि पनि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको र सो पोर्टलमा दर्ता हुन आउन पनि आग्रह गरेको छ ।

विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा यूएईका विमानस्थलमा अलपत्र परेका र भिसा समाप्त भएका वा कम्पनीमा भिसा रद्ध गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई पोर्टलमा आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न हार्दिक नेपालको परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।