१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्बाचनमा आफ्ना काकालाई हराएको भन्दै स्थानियवासीलाई कुट्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । कपिलबस्तु क्षेत्र नम्बर-३ का सांसद शाहविरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत निवेदन दर्ता गरेसँगै पक्राउ पुर्जी जारी भएको हो ।

सांसद शाहले कपिलबस्तुको कृष्णनगर नगरपालिका-३ का श्याम मिश्रालाई झण्डै दुईहप्ता अघि कुटपिट गरेका थिए । ज्यान मार्ने उद्देश्यले कुट पीट गरेको भन्दै सांसद शाहविरुद्ध कारबाहीका लागि उजुरी दर्ता हुनुपर्ने मागसहित स्थानीयले आन्दोलन गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बिहीबार उजुरी दर्ता गरेसँगै पक्राउ पुर्जीसमेत जारी भएको जनाएको छ । सांसद शाहलाई अब पक्राउ गर्ने बाटो खुलेको छ । मिश्राले उम्मेदवारी दिएपछि सांसद शाहका काका स्थानीय चुनावमा पराजित भएका थिए ।