२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील



अ+ अ-

मुस्ताङ, १७ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका ३९ मतदान केन्द्रमध्ये १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । भौगोेलिक विकटता तथा मतदाता सङ्ख्याका आधारमा यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको हो ।

यहाँका १० मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको भए पनि संवेदनशील सूचीमा राखिएका मतदान केन्द्रको नामावली सुरक्षा दृष्टिकोणका कारण सार्वजनिक गर्न अप्ठ्यारो हुने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो । “जिल्ला सुरक्षा समितिले यहाँका केही मतदान केन्द्रलाई विविध कारणले पहिचान गरी संवेदनशील सूचीमा राखेका छौँ, ती संवेदनशील मतदान केन्द्र गोप्य नै राखेका छौँ, हामीले ती मतदान केन्द्रलाई विशेष प्राथमिकतामा राखेर सबैखाले सुरक्षा प्रबन्ध मिलाइरहेका छौँ”, प्रजिअ शर्माले भन्नुभयो । अन्य सबै मतदान केन्द्रको अवस्था सामान्य रहेको जनाइएको छ ।

निर्वाचन सुरक्षाका लागि मुस्ताङका सबै मतदान केन्द्रको सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै ३१२ जना निर्वाचन प्रहरीलाई कार्यस्थलमा खटाइसकिएको छ । त्यसैगरी, निर्वाचनमा खटिने २१६ जना कर्मचारी जनशक्तिलाई पनि फागुन १८ गतेसम्म मतदान सामग्रीसहित कार्यस्थलमा खटाइने कार्यतालिका रहेको जनाइएको छ ।

उच्च उचाइको मतदान केन्द्रहरूमा खटाइने सुरक्षा र कर्मचारी जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सुरक्षा सतर्र्कता अपनाइएको छ । नेपाल प्रहरीबाट माथिल्लो मुस्ताङका मतदान केन्द्रमा खटिने सुरक्षा र निर्वाचन गराउने जनशक्तिको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लोमान्थाङमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ भने लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालगायत सबै वडाका स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीलाई तयारी अवस्थामा राखिएको छ ।

मुस्ताङमा उच्च उचाइका २१ मतदान केन्द्रमा लेक लाग्ने समस्यासँग सम्बन्धित पाँच प्रकारका औषधि पनि पठाइसकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो मुस्ताङका छ मतदान केन्द्र, लोघेकर दामोदरकुण्डका १० मतदान केन्द्र र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छ मतदान केन्द्रमा लेक लाग्ने सम्भावना रहेकाले त्यहाँका मतदान केन्द्रमा पोर्टेबल अक्सिजन क्यानसहित पाँच प्रकारका प्राथमिक उपचारका औषधिको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताउनुभयो ।

त्यसैगरी, निर्वाचन सुरक्षाका लागि फागुन १८ गते रातिदेखि फागुन २१ गते रातिसम्म नेपाल–चीन सीमानाका पूर्ण रूपमा बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न शुक्रबार रातिदेखि फागुन २१ गते मतदानकार्य सम्पन्न नहुँदासम्म जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । यस्तै, फागुन २० गते बुधबार रातिदेखि फागुन २१ गते मतदानकार्य सम्पन्न नहुँदासम्म अतिआश्यक सवारीसाधनबाहेक सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्नमा रोक लगाएको छ ।रासस