२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले टेलिफोन र बिजुली अवरुद्ध



अ+ अ-

अमरगढी । भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवरुद्ध बनाएको उग्रतारा डडेल्धुरा यातायात प्रालि डडेल्धुराले जनाएको छ ।

दूरसञ्चार कार्यालय डडेल्धुराका शिवराज बोहराले हिमपातले अवरुद्ध सञ्चार सेवालाई सुचारु बनाउन प्रयास भइरहेको जानकारी दिए । नेपाल विद्युत् प्राधिकारण वितरण केन्द्र डडेल्धुराले विद्युतसेवा सुचारु बनाउन प्रयास भैराखेको जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्याधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका तीन दिनदेखि अन्धकारमय बनेको छ ।