१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणा गरिँदै



अ+ अ-

ललितपुर । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब छ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज सिलवालले उद्घाटन गर्दै ललिपुरको दक्षिण भेग बत्तीमुनिको अध्यारोको रुपमा रहेको हुँदा विकासमा फड्को मार्न आफूले ध्यान दिएको जानकारी दिए । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घमार्फत मुलुकको ५३ जिल्लाका ३०० सहकारी संस्था मार्फत साँढे पाँच लाख घरधुरीमा विद्युत् सेवा पुर्याएको बताए ।

उनले भने, “सरकारले मुलुकको ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गर्न लागेको छ । ” नेकपाका ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल, पूर्वसांसद सुशीला नेपालले दक्षिण ललितपुरका विद्युत सेवा नपुगेका स्थानमा विद्युत पुर्याउन सबैको ध्यान जानुपर्छ भने । संस्थाका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरेले १८ वर्षअघि सञ्चालन गरिएको सो संस्थाका कारण आज दक्षिण ललितपुर क्षेत्रमा झिलीमिली बत्ती बल्न सफल भएको हो ने । संस्थाका लेखा समिति संयोजक नवराज महतले दक्षिण ललितपुर र गोदावरी नगरपालिका वडा नं ७ देवीचौरामा संस्थामार्फत विद्युत् सेवा दिइरहेको बताए ।

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले संस्थाले देशका सहकारीलाई पाठ सिकाएर अघि बढिरहेको बताए । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले संस्थाका कारण हाल दक्षिण ललितपुर क्षेत्रको ७५ प्रतिशत स्थानमा विद्युतीय सेवाको सुविधा पुगेको चर्चा गरे । वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दक्षिण ललितपुरमा थ्री फेज लाइन जडान गरी सिँचाइ र कारखानाको अवसर भित्र्याउन संस्थाका सदस्यलाई अनुरोध गरे ।

नेपाली काँग्रेस ललितपुरका सचिव रविन्स शर्माले सबै दल मिलेर राजनीतिक प्रभाव नपर्ने गरी सहकारी संस्थामा नयाँ सदस्य चयन गर्न अनुरोध गरे । संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले ललितपुरको १९ वडामा आफूहरुले सहकारी संस्थामार्फत विद्युतीय सेवा दिएको बताए । उनले भने, “हामीले १८ वर्षअघि रु ८० लाख २६ हजार ऋण लिएर विद्युत् सेवा पुर्याउने काम गरेका थियौँ, त्यसमा हाल रु २६ हजार मात्र ऋण तिर्न बाँकी रहेको छ ।”

अनलाइनबाट विद्युतीय महसुल तिर्ने व्यवस्थाको शुरुआत गरिएको, २७ विद्यालयमा नवीकरणीय ऊर्जासम्बन्धी पाठ्यक्रम लागू गरिएको, उद्यमी महिलाका लागि संस्थाले कर्जा प्रदान गरिएको, महिलाई आत्मनिभर बनाउन संस्थाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको, महाँकाल गाउँपालिकाको उन्यूचौरमा विद्युत् प्रवाहका लागि सस्टेशन निर्माण गर्ने योजना अघि बढाइएको कार्यक्रममा जानकारी दिइएको थियो ।