१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणा गरिँदै

४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषणा गरिँदै
अ अ+ अ-

ललितपुर । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाले यस क्षेत्रका करीब छ हजार घरलाई उपलब्ध गराइरहेको छ । बाकी रहेका करिव दुईहजार घरमा छिट्टै वितरण गर्ने सस्थाले जनाएको छ । संस्थाको १८औँ वार्षिक साधारणसभाको शनिबार सांसद नवराज सिलवालले उद्घाटन गर्दै ललिपुरको दक्षिण भेग बत्तीमुनिको अध्यारोको रुपमा रहेको हुँदा विकासमा फड्को मार्न आफूले ध्यान दिएको जानकारी दिए । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घमार्फत मुलुकको ५३ जिल्लाका ३०० सहकारी संस्था मार्फत साँढे पाँच लाख घरधुरीमा विद्युत् सेवा पुर्याएको बताए ।

उनले भने, “सरकारले मुलुकको ४० जिल्लालाई पूर्ण विद्युतीकरण घोषण गर्न लागेको छ । ” नेकपाका ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल, पूर्वसांसद सुशीला नेपालले दक्षिण ललितपुरका विद्युत सेवा नपुगेका स्थानमा विद्युत पुर्याउन सबैको ध्यान जानुपर्छ भने । संस्थाका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरेले १८ वर्षअघि सञ्चालन गरिएको सो संस्थाका कारण आज दक्षिण ललितपुर क्षेत्रमा झिलीमिली बत्ती बल्न सफल भएको हो ने । संस्थाका लेखा समिति संयोजक नवराज महतले दक्षिण ललितपुर र गोदावरी नगरपालिका वडा नं ७ देवीचौरामा संस्थामार्फत विद्युत् सेवा दिइरहेको बताए ।

महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले संस्थाले देशका सहकारीलाई पाठ सिकाएर अघि बढिरहेको बताए । कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्ताङले संस्थाका कारण हाल दक्षिण ललितपुर क्षेत्रको ७५ प्रतिशत स्थानमा विद्युतीय सेवाको सुविधा पुगेको चर्चा गरे । वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दक्षिण ललितपुरमा थ्री फेज लाइन जडान गरी सिँचाइ र कारखानाको अवसर भित्र्याउन संस्थाका सदस्यलाई अनुरोध गरे ।

नेपाली काँग्रेस ललितपुरका सचिव रविन्स शर्माले सबै दल मिलेर राजनीतिक प्रभाव नपर्ने गरी सहकारी संस्थामा नयाँ सदस्य चयन गर्न अनुरोध गरे । संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईँले ललितपुरको १९ वडामा आफूहरुले सहकारी संस्थामार्फत विद्युतीय सेवा दिएको बताए । उनले भने, “हामीले १८ वर्षअघि रु ८० लाख २६ हजार ऋण लिएर विद्युत् सेवा पुर्याउने काम गरेका थियौँ, त्यसमा हाल रु २६ हजार मात्र ऋण तिर्न बाँकी रहेको छ ।”

अनलाइनबाट विद्युतीय महसुल तिर्ने व्यवस्थाको शुरुआत गरिएको, २७ विद्यालयमा नवीकरणीय ऊर्जासम्बन्धी पाठ्यक्रम लागू गरिएको, उद्यमी महिलाका लागि संस्थाले कर्जा प्रदान गरिएको, महिलाई आत्मनिभर बनाउन संस्थाले अभिमुखीकरण कार्यक्रम गर्दै आएको, महाँकाल गाउँपालिकाको उन्यूचौरमा विद्युत् प्रवाहका लागि सस्टेशन निर्माण गर्ने योजना अघि बढाइएको कार्यक्रममा जानकारी दिइएको थियो ।