१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै

राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै
अ अ+ अ-

चिप्लेढुङ्गा । ‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका १५ महिला उद्यमीले नेपाली सिसाकलमको उत्पादन गरेर बजारमा ल्याएका हुन । उत्पादनले अहिले राम्रो बजारमा राम्रो स्थान पाएको छ ।

शिक्षण पेशामा आवद्ध महेश्वरी पराजुलीले १० वर्ष लामो शिक्षण पेशा छाडेर सिसाकलम उद्यमशीलतातर्फ अग्रसर हुनुभएको हो । पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन उहाँका श्रीमान् सचित पराजुलीले युट्युबबाट जानकारी लिएपछि उद्योगका लागि सल्लाह दिनुभएको थियो । खेर गएको कागजलाई पुनःप्रयोग गरेर सिसाकलम बनाउन सकिने जनाइएको छ ।

चीनबाट रु १३ लाखमा सिसाकलम बनाउने उपकरण ल्याएर महेश्वरीले उत्पादन गर्न थाल्नुभयो । पछि एक्लैभन्दा दिदीबहिनीको समूहबाट व्यवसाय सञ्चालनले धेरै दिदीबहिनी उद्यमशील हुने र आर्थिक रूपमा पनि सवल हुनसक्ने भन्दै उहाँले १५ जना महिलाको समूह बनाउनुभएको थियो ।
हाल विन्ध्यवासिनी दिदीबहिनी समूहको नामबाट सञ्चालित नेपाली सिसाकलम उद्योग पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीमा रहेको छ । समूहका १५ सदस्यले रु ५०÷५० हजार रकम लगानीबाट उक्त उद्योग सञ्चालन ल्याएको महेश्वरी जानकारी दिनुभयोे । उहाँले भन्नुभयो, “महिला सधैँ निकै परम्परागत पेशामा मात्र सीमित भएका छन्, अब केही फरक तरिकाबाट महिला उद्यमशील हुनुपर्छ । सधँै एउटै तालीमभन्दा प्रविधिमैत्रीदेखि लिएर नयाँ–नयाँ तालीममा महिला जोडिनुपर्छ ।”

हाल समूहका आठ जना उत्पादन लागि नियमित खटिदै आउनुभएको छ । दैनिक एक हजार बढी उत्पादन हुने सिसाकलमको एक प्रतिको रु १० र दर्जनको रु १०० मा बिक्री वितरण हुँदै आएको महेश्वरीले जानकारी दिनुभयो ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको स्टल नं १३ मा हाल उक्त सिसाकलमको बिक्री वितरण भइरहेको छ । नियमित सम्पर्क र एकचोटी प्रयोग गरेकाले पुनः प्रयोग गर्ने भएकाले उत्पादनको माग राम्रो भएको सञ्चालकमध्येकी एक लक्ष्मी पौडेल लामिछानेले बताउनुभयो । “हामीले अहिले स्टेशनरीलाई उपलब्ध गराएका छैनाँै । यो आकर्षक देखिँदैन तर एकदम बलियो छ, यसलाई विद्यार्थीमा विस्तारै बानी पार्ने अभ्यासमा हामी छौं ।”

सिसाकलममा प्रयोग हुने ‘लिड’ भारत र चीनबाट आयात गरिँदै आएको र पत्रपत्रिकाचाहिँ स्थानीयरूपमै उपलब्ध हुने गरेको उहाँले जानकारी दिनुभयो । फेभिकोल ९गम० र पत्रिकाले सिसाकलमको लिडलाई बेरेर बनाइन्छ । मेशिनको काम कम र हातको काम बढी हुने भएकाले मेहेनत बढी पर्ने अर्की सञ्चालक शान्ति अधिकारीले बताउनुभयो ।

नेपाली सिसाकलमको उत्पादनदेखि नै आफ्नो बालबालिकालाई प्रयोग गर्दै आउनुभएकी पोखरा महानगरपालिका वडा नं ३ की मीना शर्माले ‘राम्रो लेख्ने, छिटो नभाँचिने’ भएकाले यसको प्रयोग गराउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वातावरणमैत्री पनि छ र बलियो पनि छ, अर्को कुरा हामीजस्तै अभिभावकले स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ ।”

कास्की पोखरा हस्तकला सङ्घका अध्यक्ष एवं महिला उद्यमी हीरा भट्टराईले आर्थिक समृद्धिका लागि उद्यमशीलता आजको आवश्यकता भएकाले स्वदेशी र स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताउनुहुन्छ । “हामी समृद्धि चाहान्छौँ भने स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नु पर्छ । आकर्षक सामानको पछि लाग्ने र स्वदेशी सामानप्रति विश्वास नगर्ने कतिपय नेपालीको बानीले साना–साना कुरामा पनि परनिर्भरता बढाएको छ ।”

उहाँले पोखरेली दिदीबहिनीले उत्पादन गरेको नेपाली सिसाकलमलाई ‘ब्राण्डिङ’ गर्न सके करोडौँ रकम बाहिर जानबाट रोक्न सकिने बताउनुभयो । उहाँले वातावरणमैत्री र स्वदेशी सिसाकलम प्रयोगका लागि विद्यालयले समेत प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली सिसाकलमको प्रचार–प्रसार गर्न सके र यसको महत्वलाई उजागार गर्न सके भारत एवं चीनबाट आयात हुने सिसाकलमलाई नेपाली बजारले छिट्टै विस्थापन गर्न सकिने विश्वास भट्टराईको छ ।